Logo

बुधवार, कार्तिक १२ गते २०८३

गगन थापाको संकेतस् “म राजीनामा दिन्छु” — विश्वप्रकाशले भने, अहिले नदिनुहोस्

गगन थापाको संकेतस् “म राजीनामा दिन्छु” — विश्वप्रकाशले भने, अहिले नदिनुहोस्

जोईन खबर

२६, फाल्गुण २०८२
  • 526
    SHARES
  • गगन थापाको संकेतस् “म राजीनामा दिन्छु” — विश्वप्रकाशले भने, अहिले नदिनुहोस्

    २६ फागुन काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी सभापति पदबाट राजीनामा दिन सक्ने संकेत गरेका छन्। उपसभापति विश्वप्रकाश शर्मा सँग भएको भेटवार्तामा उनले आफू पदबाट राजीनामा दिन लागेको बताएका हुन्।

    images

    स्रोतका अनुसार थापा र शर्मा बीच आज साँझपख नयाँ बानेश्वरमा भेटवार्ता भएको थियो। उक्त भेटमा सभापति थापाले “म सभापति पदबाट राजीनामा दिन्छु” भन्दै आफ्नो धारणा राखेको स्रोतले जनाएको छ।फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भएको पराजयको नैतिक जिम्मेवारी लिँदै पद त्याग्नु उपयुक्त हुने थापाको धारणा रहेको बताइएको छ। उक्त निर्वाचनमा
    नेपाली कांग्रेसका सभापति थापासहित चुनाव लडेका पार्टीका सबै पदाधिकारी पराजित भएका थिए।

    images
    images
    images

    तर उपसभापति शर्माले भने तत्काल राजीनामा नदिन सुझाव दिएका छन्। विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति बनेको करिब ५० दिनमै चुनाव भएको उल्लेख गर्दै उनले चुनावी परिणामको समग्र समीक्षा गरेर पार्टीलाई सम्हाल्दै अघि बढ्नुपर्ने बताएका छन्।

    शर्माको भनाइ अनुसार अहिले सभापतिले राजीनामा दिए पार्टी झनै अप्ठ्यारो अवस्थामा पुग्न सक्ने सम्भावना छ। त्यसैले धैर्यताका साथ परिस्थिति सम्हाल्दै अघि बढ्नुपर्ने उनको सुझाव रहेको स्रोतले जनाएको छ।फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले जम्मा १८ सिट मात्र जितेको थियो, जसले पार्टीभित्र नेतृत्व र रणनीतिबारे गम्भीर बहस सुरु भएको छ।

    प्रकाशित मिति :फाल्गुण २६, २०८२ मंगलवार - १६:२८:०८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको