Logo

बुधवार, कार्तिक १२ गते २०८३

नेकपा (एमाले) का केन्द्रीय सदस्य कृष्ण थापाको निधन

नेकपा (एमाले) का केन्द्रीय सदस्य कृष्ण थापाको निधन

जोईन खबर

२८, फाल्गुण २०८२
  • 499
    SHARES
  • नेकपा (एमाले) का केन्द्रीय सदस्य कृष्ण थापाको निधन


    २८ फागुन काठमाडढौँ । नेकपा(एमाले) कास्कीका पुराना नेता तथा केन्द्रिय सदस्य कृष्ण थापाको  निधन भएको छ। निर्वाचनको समीक्षा बैठक चलिरहेको समयमा पार्टी कार्यालयमै एक्कासी ढलेपछि थापालाई तत्काल उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको थियो। अस्पतालमा उपचारका क्रममा उनको निधन भएको बताइएको छ।

    images

    कास्कीको कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका थापा २०५४ सालमा पोखरा उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। उनी गण्डकी प्रदेशका पूर्व सांसद समेत रहेका थिए।

    images
    images
    images

    गत स्थानीय तह निर्वाचनमा पनि थापा एमालेका तर्फबाट पोखरा महानगरपालिकाको मेयर पदका उम्मेदवार बनेका थिए। लामो समयदेखि पार्टी संगठन र कम्युनिष्ट आन्दोलनमा सक्रिय रहँदै आएका उनको निधनले एमालेभित्र ठूलो क्षति पुगेको बताइएको छ।

    पार्टीका नेता–कार्यकर्ताले थापाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनलाई कम्युनिष्ट आन्दोलनका इमानदार र संघर्षशील नेताका रूपमा स्मरण गरेका छन्।स्वर्गीय थापाप्रति हार्दिक श्रद्धाञ्जलि तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ।

    प्रकाशित मिति :फाल्गुण २८, २०८२ बिहिवार - १६:४०:१८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको