Logo

बिहिवार, श्रावण १४ गते २०८३

काभ्रेको महाभारत उद्धघाटनमा विद्युतका क्षेत्रमा नयाँ क्रान्ति नै गरेका छौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड

काभ्रेको महाभारत उद्धघाटनमा विद्युतका क्षेत्रमा नयाँ क्रान्ति नै गरेका छौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड

जोईन खबर

२६, बैशाख २०८०
  • 667
    SHARES
  • काभ्रेको महाभारत उद्धघाटनमा  विद्युतका क्षेत्रमा नयाँ क्रान्ति नै गरेका छौँ :  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड

    २६ बैशाख काठमाडौ। विद्युतको क्षेत्रमा नयाँ क्रान्ति ल्याएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्। देशलाई लोडसेडिङमुक्त गरी अबको दुई वर्षभित्रमा विदेशमा विद्युत बिक्री गरी अर्बौँ रकम नेपाल भित्राउने ठाउँमा पुगेको बताए।

    images

    काभ्रेको महाभारत गाउँपालिकामा आयोजित विद्युतको केन्द्रिय प्रसारण लाइन उद्धघाटन तथा सडक शिलान्यास कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्।हामीले हिजोको लोडसेडिङबाट मुक्त भइसकेको छ।

    प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डले भने हामी दुई वर्षभित्रमा विद्युत निर्यात गरी अर्बाैँ रकम भित्राउने ठाउँमा पुग्ने छौँ।विद्युत छिमेकी राष्ट्र भारतमा मात्र नभइ अन्य राष्ट्र बंलादेश, भुटानलगायतको देशहरूमा निर्यात गर्ने उनको भनाइ छ। विकासमा पछाडि परेका क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढेको बताउँदै उनले अबको दुई वर्षमा कुनैपनि घर विद्युतविहीन नहुने दाबी गरे। सोही कार्यक्रममा सामाजिक न्याय र सुशासनको लागि भ्रष्टाचारको अन्त्य हुनु आवश्यक बताए। 
     

     

    प्रकाशित मिति :बैशाख २६, २०८० मंगलवार - १५:०१:१५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको