Logo

बुधवार, कार्तिक १२ गते २०८३

गोरखाकी गुरुङ समानुपातिक सांसद बन्ने, गोरखाले पायो थप एक प्रतिनिधि

गोरखाकी गुरुङ समानुपातिक सांसद बन्ने, गोरखाले पायो थप एक प्रतिनिधि

जोईन खबर

२, चैत्र २०८२
  • 592
    SHARES
  • गोरखाकी  गुरुङ समानुपातिक सांसद बन्ने, गोरखाले पायो थप एक प्रतिनिधि

    २ चैत काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टीले गोरखाकी एलिजा गुरुङलाई समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बनाउने निर्णय गर्दै उनको नाम नेपाल निर्वाचन आयोगमा पठाएको छ। उनी यसअघि नै पार्टीको समानुपातिक सूचीमा समावेश थिइन्।

    images

    राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभामा कुल ५७ जना समानुपातिक सांसद बन्ने भएका छन्। सोही सूचीअनुसार गुरुङलाई पनि सांसद बनाउने गरी पार्टीले नाम सिफारिस गरेको हो।

    images
    images
    images

    यससँगै गोरखाबाट प्रतिनिधित्व गर्ने सांसदको संख्या थपिएको छ। यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा गोरखाका दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले जित हासिल गरेको थियो। गोरखा क्षेत्र नम्बर १ बाट सुदन गुरुङ र क्षेत्र नम्बर २ बाट कविन्द्र बोर्लाकोटी निर्वाचित भएका थिए।

    २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक उम्मेदवारका रूपमा सिफारिस भए पनि त्यसबेला सांसद बन्न सकेकी थिइनन्। तर यसपटक भने उनी समानुपातिक कोटाबाट प्रतिनिधिसभा सदस्य बन्न सफल भएकी हुन्।गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीकी संस्थापक सदस्यसमेत हुन्। सक्रिय राजनीतिक यात्राको सुरुआत भने उनले नेपाली कांग्रेस बाट गरेकी थिइन्। त्यसपछि उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भई राजनीतिमा सक्रिय रहँदै आएकी छन्।

    प्रकाशित मिति :चैत्र २, २०८२ सोमवार - १६:०३:५९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको