Logo

बुधवार, कार्तिक १२ गते २०८३

प्रधान सेनापति सिग्देलसँग अमेरिकी प्यासिफिक कमाण्डका उपप्रमुख भोवेलको भेटवार्ता

प्रधान सेनापति सिग्देलसँग अमेरिकी प्यासिफिक कमाण्डका उपप्रमुख भोवेलको भेटवार्ता

जोईन खबर

२, चैत्र २०८२
  • 451
    SHARES
  • प्रधान सेनापति सिग्देलसँग अमेरिकी प्यासिफिक कमाण्डका उपप्रमुख भोवेलको भेटवार्ता

    २ चैत काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख लेफ्टिनेन्ट जनरल जोएल भोवेलले भेटवार्ता गरेका छन्। सैनिक मुख्यालय जङ्गीअड्डामा आज भएको भेटवार्तामा उनीहरूबीच द्विपक्षीय हितका विविध विषयमा विचारविमर्श भएको नेपाली सेनाले जनाएको छ।

    images

    पूर्वनिर्धारित कार्यक्रमअनुसार नियमित भ्रमणका क्रममा भोवेल नेतृत्वको टोली भारत र भुटान हुँदै आइतबार नेपाल आएको हो। भ्रमणका क्रममा उक्त टोलीले काभ्रेको पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको पनि अवलोकन गर्ने कार्यक्रम रहेको छ।

    images
    images
    images

    उक्त टोली भोलि मङ्गलबार थाइल्याण्डतर्फ प्रस्थान गर्ने जनाइएको छ। लेफ्टिनेन्ट जनरल भोवेलको भ्रमणबाट नेपाल–अमेरिका सम्बन्ध अझ प्रगाढ हुनुका साथै मानवीय सहयोग, विपद् व्यवस्थापन तथा अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा थप सहयोग पुग्ने विश्वास गरिएको छ। 

    प्रकाशित मिति :चैत्र २, २०८२ सोमवार - १७:१७:१४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको