Logo

बुधवार, कार्तिक १२ गते २०८३

रास्वपा सभापति रवि लामिछानेको सांसदलाई निर्देशन “जनताको जिम्मेवारी हल्का नलिनू, स्वार्थभन्दा माथि उठेर काम गरौं”

रास्वपा सभापति रवि लामिछानेको सांसदलाई निर्देशन “जनताको जिम्मेवारी हल्का नलिनू, स्वार्थभन्दा माथि उठेर काम गरौं”

जोईन खबर

४, चैत्र २०८२
  • 547
    SHARES
  • रास्वपा सभापति रवि लामिछानेको सांसदलाई निर्देशन “जनताको जिम्मेवारी हल्का नलिनू, स्वार्थभन्दा माथि उठेर काम गरौं”

    ४ चैत काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नवनिर्वाचित सांसदहरूलाई जनताले सुम्पिएको जिम्मेवारीलाई कुनै पनि हालतमा हल्कारूपमा नलिन आग्रह गरेका छन्। उनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताको अपेक्षा अनुसार इमान्दारीपूर्वक काम गर्न निर्देशन दिएका हुन्।

    images

    सांसदहरूका लागि आयोजना गरिएको दुई दिने संसदीय अभ्याससम्बन्धी प्रशिक्षण कार्यक्रमको समापनका क्रममा बोल्दै लामिछानेले आगामी पाँच वर्ष रास्वपाका लागि ‘परीक्षाको घडी’ भएको उल्लेख गरे। उनले यस अवधिमा पार्टीका प्रतिनिधिहरूको काम, आचरण र निर्णयले जनतामा पार्टीप्रतिको विश्वास अझ मजबुत बनाउने वा कमजोर पार्ने निर्धारण गर्ने बताए।

    images
    images
    images

    लामिछानेले सांसदहरूलाई पारदर्शिता, उत्तरदायित्व र जनताप्रतिको जवाफदेहिता कायम राख्दै काम गर्न जोड दिएका थिए। उनले जनताको मतको सम्मान गर्दै विकास र सुशासनका पक्षमा दृढतापूर्वक अघि बढ्न आग्रह गरे।

    प्रकाशित मिति :चैत्र ४, २०८२ बुधवार - १६:४८:२५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको