Logo

बुधवार, कार्तिक १२ गते २०८३

दाउन्ने खण्डमा हिलो र लेदोले बुटवल–नारायणगढ सडक अझै अवरुद्ध, यात्रु अलपत्र

दाउन्ने खण्डमा हिलो र लेदोले बुटवल–नारायणगढ सडक अझै अवरुद्ध, यात्रु अलपत्र

जोईन खबर

८, चैत्र २०८२
  • 409
    SHARES
  • दाउन्ने खण्डमा हिलो र लेदोले बुटवल–नारायणगढ सडक अझै अवरुद्ध, यात्रु अलपत्र

    ८ चैत काठमडौँ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) — पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने बुटवल–नारायणगढ सडकखण्ड शुक्रबारदेखि अवरुद्ध बने पनि अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने क्षेत्रमा सडक चिप्लो र हिलो भएपछि यातायात सेवा प्रभावित बनेको हो।

    images

    हिउँदे वर्षा रोकिए पनि सडकमा जमेको हिलो तथा दाउन्ने पहाडबाट निरन्तर बगिरहेको लेदो माटोका कारण सवारी साधन सञ्चालनमा कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए। उनका अनुसार विशेष गरी दाउन्नेको घिउखोला र विश्वकर्मा मन्दिर आसपासका क्षेत्रमा सडक अत्यन्त चिप्लो हुँदा सवारीसाधन उकालो चढ्न नसकी बीच बाटोमै फसिरहेका छन्।

    images
    images
    images

    “पानी पर्न रोकिए पनि सडक सुधार हुन सकेको छैन, हिलो र लेदोका कारण सवारी सञ्चालनमा समस्या भइरहेको छ,” खड्काले भने, “पूर्वबाट पश्चिम जाने सवारी उकालोमा चिप्लिएकाले सञ्चालन हुन सकेका छैनन् भने पश्चिमबाट पूर्वतर्फ जाने सवारी भने केही मात्रामा मात्र सञ्चालन भइरहेका छन्।”तीन दिनदेखि सडक अवरुद्ध हुँदा लामो दूरीका यात्रुवाहक तथा मालवाहक सवारी साधन सडकमै रोकिँदा यात्रु र चालकहरू अलपत्र परेका छन्। गन्तव्यमा पुग्न ढिलाइ हुँदा सर्वसाधारणलाई ठूलो सास्ती भइरहेको छ।

    नारायणगढ–बुटवल सडक आयोजनाका अनुसार दाउन्ने खण्डमा सडक विस्तारको काम जारी रहेकाले सामान्य वर्षामा समेत सडक अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ। अवरुद्ध सडक खुलाउन मर्मत तथा सुधारको प्रयास भइरहेको आयोजनाले जनाएको छ।यसैबीच, नारायणघाट–बुटवल सडक योजना कार्यालयले चैत ८ गतेसम्म प्रत्येक दिन बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म ठूला मालवाहक सवारी साधन सञ्चालनमा रोक लगाएको जानकारी दिएको छ।

    प्रकाशित मिति :चैत्र ८, २०८२ आइतवार - ११:२९:१७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको