९ चैत काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले टोखा नगरपालिका–७ अन्तर्गत दाहाल गौडा चोक र बसुन्धारा क्षेत्रमा सरकारी र सार्वजनिक जग्गा अतिक्रमण गरी घर–टहरा निर्माण गरेर भाडा असुली भइरहेको विषयमा कडा कदम चाल्ने चेतावनी दिएको छ।
प्राधिकरणका अनुसार उक्त क्षेत्रमा सरकारी तथा सार्वजनिक जग्गामा अनधिकृत रूपमा संरचना निर्माण गरी भाडामा लगाउने कार्य भइरहेको भन्दै कार्यालयमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा प्राधिकरणले सूचना जारी गर्दै सम्बन्धित सबैलाई सूचना प्रकाशन भएको मितिले ७ ९सात० दिनभित्र त्यस्ता संरचना खाली गर्न निर्देशन दिएको छ।प्राधिकरणले तोकिएको समयभित्र अतिक्रमित संरचना नहटाएमा काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५ बमोजिम कडा कानुनी कारबाही गरिने जनाएको छ।

सूचनामा उल्लेख भएअनुसार अटेरी गर्ने व्यक्ति तथा समूहको चल–अचल सम्पत्ति रोक्का गरिनेछ भने त्यस्ता सम्पत्तिमा किनबेच, हक हस्तान्तरण तथा धितोबन्दकी गर्न नपाउने गरी बन्देज लगाइनेछ। साथै भाडामा लगाउने र बस्ने दुवै पक्षको ३ ९तीन० पुस्ते नामावली संकलन गरी सार्वजनिक गरिने चेतावनी समेत दिइएको छ।

संस्थाको हकमा सम्बन्धित संचालकहरूको सम्पत्ति समेत रोक्का गरी उनीहरूको ३ पुस्तेसम्मको विवरण सार्वजनिक गरिने प्राधिकरणले जनाएको छ।प्राधिकरणले सरकारी तथा सार्वजनिक जग्गा संरक्षणमा सहयोग गर्न सबै सरोकारवालालाई आग्रह गर्दै यस्ता गतिविधिमा संलग्न नहुन अनुरोध गरेको छ।