१० चैत गोरखा । गोरखा बारपाक सुलिकोट गाउँपालिका वडा नं. ५ र ६ क्षेत्रमा मानिस तथा पशुचौपायालाई टोक्दै आतंक फैलाउँदै हिँडेको एक कुकुरलाई नियन्त्रणमा लिइएको छ।उक्त कुकुर बारपाक सुलिकोट गाउँपालिका वडा न ८ जराङबेसीबाट माथिल्लो क्षेत्रतर्फ आउँदै गरेको अवस्थामा बारपाक सुलिकोट गाउँपालिकाको पशु सेवा शाखा तथा ताकुकोट ईलाका प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो।
स्थानीयका अनुसार सो कुकुरले विभिन्न स्थानमा मानिस तथा अन्य कुकुरहरूलाई समेत टोकेको जानकारी प्राप्त भएको छ। यसले थप जोखिम निम्त्याउन सक्ने भएकाले सम्बन्धित निकायले तत्काल नियन्त्रणमा लिएको जनाइएको छ। बारपाक सुलिकोट गाउँपालिका कार्यालयले हिजो एक सूचना निकाली यस बाट बाच्न सतर्कता अपनाउन आग्रह समेत गरेको थियो ।
कुकुरले अन्य कुकुरहरूलाई समेत टोकेको हुँदा रेबिज (हाडे रोग) को जोखिम हुन सक्ने भन्दै स्थानीयवासीलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। यदि कसैलाई कुकुरले टोकेको वा शंकास्पद लक्षण देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा गई उपचार गराउन र सम्बन्धित निकायलाई जानकारी दिन अनुरोध गरिएको छ। साथै, घरपालुवा जनावरहरूलाई पनि सुरक्षित राख्न र आवश्यक खोप लगाउन सुझाव दिइएको छ।