Logo

बुधवार, कार्तिक १२ गते २०८३

स्कुल पोशाकमा संसद पुगे रास्वपा सांसद रहबर अन्सारी, सपथ समारोहमा अनौठो शैली

स्कुल पोशाकमा संसद पुगे रास्वपा सांसद रहबर अन्सारी, सपथ समारोहमा अनौठो शैली

जोईन खबर

१२, चैत्र २०८२
  • 595
    SHARES
  • स्कुल पोशाकमा संसद पुगे रास्वपा सांसद रहबर अन्सारी, सपथ समारोहमा अनौठो शैली

    १२ चैत काठमाडोँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहबर अन्सारी स्कुल पोशाक लगाएर संसद भवन पुगेका छन्। उनी निलो सर्ट र पाइन्टसँगै पिठ्यूँमा झोला भिरेर सांसदको सपथ लिन संसद प्रवेश गर्दा दृश्यले सबैको ध्यान खिचेको थियो।संसद भवनभित्र छिर्नासाथ सञ्चारकर्मीहरूले उनलाई घेरेका थिए।

    images

    उनको फरक पहिरन र प्रस्तुति सामाजिक सञ्जाल तथा सार्वजनिक वृत्तमा चर्चा र चासोको विषय बनेको छ।अन्सारीले किन यस्तो पोशाक रोजे भन्ने विषयमा औपचारिक प्रतिक्रिया सार्वजनिक नभए पनि उनको यस कदमलाई प्रतीकात्मक सन्देशका रूपमा पनि हेरिएको छ।

    images
    images
    images

    कतिपयले यसलाई शिक्षा, युवापुस्ता वा प्रणालीप्रतिको संकेतका रूपमा व्याख्या गरेका छन् भने केहीले भने सांसदजस्तो जिम्मेवार पदका लागि पोशाकको मर्यादा आवश्यक हुने टिप्पणी गरेका छन्।सपथ ग्रहण समारोह भने निर्धारित कार्यक्रमअनुसार सम्पन्न भएको थियो। अन्सारीको यो शैलीले संसदभित्र र बाहिर दुवैतर्फ बहस सिर्जना गरेको छ।

    प्रकाशित मिति :चैत्र १२, २०८२ बिहिवार - १५:३२:३३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको