१३ चैत काठमाडौं — सरकारले गम्भीर निर्णय गर्दै केपी शर्मा ओली र रमेश लेखकसहित केही व्यक्तिहरूलाई तत्काल गिरफ्तार गर्न निर्देशन दिएको छ। क्याबिनेट बैठकले यस्तो निर्णय गरेको सरकारी स्रोतले जनाएको छ।
बैठकले प्रहरी महानिरीक्षक (IGP) खापुङ बाहेक अन्य सुरक्षाकर्मीको विषयमा छुट्टै कार्यदल गठन गर्ने निर्णय गरेको छ भने सर्वसाधारण तथा राजनीतिक व्यक्तिहरूको हकमा भने कार्की आयोगको प्रतिवेदनलाई आधार मानेर तत्काल कारबाही अगाडि बढाउने निर्देशन दिएको हो।
सरकारले कार्की आयोगले सिफारिस गरेका विषयहरूलाई कार्यान्वयनमा ल्याउँदै दोषी देखिएका व्यक्तिहरूलाई पक्राउ गरी कानूनी प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ। सोही अनुसार केपी शर्मा ओली र रमेश लेखकलाई अधिकतम १० वर्षसम्म कैद सजाय हुन सक्ने कानूनी दफा आकर्षित हुने प्रतिवेदनमा उल्लेख गरिएको छ।
यद्यपि, यस विषयमा सम्बन्धित निकायहरूबाट औपचारिक पुष्टि हुन बाँकी रहेको छ। राजनीतिक वृत्तमा भने यो निर्णयले ठूलो तरंग पैदा गरेको छ भने आगामी दिनमा थप राजनीतिक तथा कानूनी बहस चर्किने अनुमान गरिएको छ।