Logo

बुधवार, कार्तिक १२ गते २०८३

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा निजी सचिवमा सहसचिव प्रदीप परियार नियुक्त गर्ने तयारी

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा निजी सचिवमा सहसचिव प्रदीप परियार नियुक्त गर्ने तयारी

जोईन खबर

१३, चैत्र २०८२
  • 727
    SHARES
  • प्रधानमन्त्री बालेन्द्र शाहद्वारा निजी सचिवमा सहसचिव  प्रदीप परियार नियुक्त गर्ने तयारी

    १३ चैत काठमाडौं — बालेन्द्र शाहले आफ्नो निजी सचिवमा सहसचिव प्रदीप परियारलाई नियुक्त गर्ने तयारी गरेका छन्। हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मा कार्यरत परियारलाई प्रधानमन्त्री शाहले निजी सचिवका रूपमा ल्याउने निर्णय गरेका हुन्।

    images

    यसअघि बालेन्द्र शाह काठमाडौं महानगरपालिकाका मेयर हुँदा परियार प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत थिए। सोही कार्यकालको अनुभव र सहकार्यका आधारमा शाहले पुनः आफ्ना नजिकका सहयोगीका रूपमा परियारलाई रोजेका हुन्।

    images
    images
    images

    परियारमाथि यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले भ्रष्टाचार मुद्दा दायर गरेको थियो। तर, उक्त मुद्दाबाट उनले अदालतबाट सफाइ पाइसकेका छन्। त्यसपछि उनी पुनः प्रशासनिक कार्यमा सक्रिय रहँदै आएका छन्।

    नेपालमा प्रधानमन्त्रीले निजी सचिवका रूपमा सहसचिव स्तरका कर्मचारी राख्ने अभ्यास रहिआएको छ। परियार युवा र सक्रिय सहसचिवका रूपमा चिनिन्छन्।

    यसैबीच, प्रधानमन्त्री शाहले आफ्नो सचिवालय विस्तार गर्दै कुमार व्यञ्जनकार, असिम शाह, सुदीप ढकाल, सुवास शर्मा र विवेक मिश्रलगायतलाई पनि विभिन्न जिम्मेवारीमा नियुक्त गरेका छन्। प्रधानमन्त्रीको सचिवालयलाई थप प्रभावकारी र गतिशील बनाउन यी नियुक्तिहरू गरिएको बताइएको छ।

    प्रकाशित मिति :चैत्र १३, २०८२ शुक्रवार - २१:४४:०४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको