Logo

बिहिवार, श्रावण १४ गते २०८३

सामाजिक अध्ययन विषयको प्रश्नपत्र नेपालीमा नै हुने : कक्षा १२

सामाजिक अध्ययन विषयको प्रश्नपत्र नेपालीमा नै हुने : कक्षा १२

जोईन खबर

२६, बैशाख २०८०
  • 715
    SHARES
  • सामाजिक अध्ययन विषयको प्रश्नपत्र नेपालीमा नै हुने  : कक्षा १२

    २६ बैशाख काठमाडौ।कक्षा १२ को परीक्षामा सामाजिक अध्ययन विषयको प्रश्नपत्र नेपालीमा दिइने राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) ले जनाएको छ ।परीक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माले नेपालीमा मात्रै प्रश्न सोधिने जानकारी दिएका छन् । उनले भने ‘पोहोर कस्तो आएको थियो त्यस्तै आउँछ अर्थात नेपालीमा मात्रै प्रश्न आउँछ ।

    images

    सामाजिक अध्ययन विषयका शिक्षकहरुले संयुक्त रुपमा विज्ञप्ति नै जारी गरेर विरोध जनाएका थिए । तर अहिले विदेशी विद्यार्थीहरुको लागि तयार पारिएको प्रश्नपत्र भएको नियन्त्रक कृष्ण प्रसाद शर्माले बताए ।उनले भने, ‘विदेशी विद्यार्थीको लागि तयार पारेका थियौं । विद्यालयले माग गरेको अवस्थामा पठाउँछौं । कत्ति विदेशी विद्यार्थी छन् यकिन छैन । छपाई गर्नुपर्ने भएको भए त्यहि संख्याको आधारमा छाप्नुपर्ने भएकाले थाह हुन्थ्यो ।’

     

    प्रकाशित मिति :बैशाख २६, २०८० मंगलवार - १५:५३:५८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको