Logo

बुधवार, कार्तिक १२ गते २०८३

गोरखाको मनकामना सडकखण्डमा (EV) सवारी सञ्चालनमा रोक

गोरखाको मनकामना सडकखण्डमा (EV) सवारी सञ्चालनमा रोक

जोईन खबर

१५, चैत्र २०८२
  • 319
    SHARES
  • गोरखाको मनकामना सडकखण्डमा  (EV) सवारी सञ्चालनमा रोक

    १५ चैत काठमाडोँ । गृहमन्त्री सुधन गुरुङ को गृह जिल्ला गोरखामा नयाँ ट्राफिक नियम लागू गरिएको छ। जिल्लाको रामशाहघाट हुँदै मनकामना आवतजावत गर्ने सडकखण्डमा अबदेखि विद्युतीय (EV) सवारी साधन सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको छ।

    images

    जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त निर्णय सडकको कमजोर अवस्था तथा बढ्दो दुर्घटनाको जोखिमलाई ध्यानमा राखेर गरिएको हो। विशेषगरी उकालो, साँघुरो र घुमाउरो सडकका कारण (EV) सवारी साधन सुरक्षित रूपमा सञ्चालन गर्न कठिन हुने निष्कर्षपछि यस्तो कदम चालिएको जनाइएको छ।

    images
    images
    images

    केही दिनअघि सोही सडकखण्डमा यात्रुवाहक (EV) माइक्रो दुर्घटना हुँदा ७ जनाको ज्यान गएको थियो भने कैयौँ घाइते भएका थिए। उक्त घटनापछि स्थानीय प्रशासन र ट्राफिक प्रहरीमाथि सडक सुरक्षाबारे कडाइ गर्न दबाब बढेको थियो।

    प्रहरीका अनुसार अब उक्त मार्गमा अन्य इन्धनबाट चल्ने सवारी साधनहरू भने सञ्चालन गर्न दिइनेछ, तर ती सवारीमा पनि गति नियन्त्रण र सुरक्षा मापदण्ड कडाइका साथ पालना गराइनेछ।

    स्थानीयवासी तथा यात्रुहरूले भने निर्णयले यात्रामा केही असहजता भए पनि सुरक्षालाई प्राथमिकता दिइनु सकारात्मक भएको प्रतिक्रिया दिएका छन्।हालका गृहमन्त्री सुधन गुरुङ गोरखाको चुमनुब्री गाउँपालिकाका स्थानीय हुन्। जिल्लामै बढ्दो सडक दुर्घटना नियन्त्रणका लागि यस निर्णयलाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

    प्रकाशित मिति :चैत्र १५, २०८२ आइतवार - १०:५३:०२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको