Logo

बुधवार, कार्तिक १२ गते २०८३

ओली पक्राउको विरोधमा “गोली ठोक्नुस्” भन्दै प्रदर्शनमा उत्रिएका गाउँपालिका अध्यक्ष 

ओली पक्राउको विरोधमा “गोली ठोक्नुस्” भन्दै प्रदर्शनमा उत्रिएका गाउँपालिका अध्यक्ष 

जोईन खबर

१५, चैत्र २०८२
  • 427
    SHARES
  • ओली पक्राउको विरोधमा “गोली ठोक्नुस्” भन्दै प्रदर्शनमा उत्रिएका गाउँपालिका अध्यक्ष 

    १५ चैत काठमाडौं । नेकपा एमाले निकट जनसंगठनहरूले राजधानी काठमाडौंमा आयोजना गरेको विरोध प्रदर्शनका क्रममा जाजरकोटको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा विवादमा तानिएका छन्। नयाँ सरकार बने संगै एमालेका अध्यक्ष केपी ओली पक्राउ गरे पछि प्रदर्शनमा सहभागी भएका  गाउँपालिकाका अध्यक्ष ओझाले लुगा फुकाल्दै “गोली ठोक्नुस्” भनेको भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेको छ।

    images

    एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष ओझा पार्टीकै आह्वानमा गरिएको उक्त प्रदर्शनमा सहभागी भएका थिए। प्रदर्शनका क्रममा उनले आक्रोशित शैलीमा सुरक्षाकर्मीलाई लक्षित गर्दै उक्त अभिव्यक्ति दिएका देखिन्छन्, जसले अहिले व्यापक चर्चा र आलोचना दुवै बटुलेको छ।

    images
    images
    images

    घटनाबारे प्रतिक्रिया दिँदै ओझाले भने, “यदि कसैले गल्ती गरेको छ भने उसलाई कानुनअनुसार कारबाही हुनुपर्छ। तर बिरामी र वृद्ध व्यक्तिलाई यसरी पक्राउ गर्नु उचित होइन भन्ने सन्देश दिन म सडकमा उत्रिएको हुँ।”

    उनले आफ्नो अभिव्यक्तिलाई भावनात्मक आवेगको रूपमा व्याख्या गर्दै वास्तविक आशय हिंसा भड्काउने नभएको दाaबी गरेका छन्। यद्यपि, सार्वजनिक पदमा रहेका व्यक्तिको यस्तो अभिव्यक्तिले सामाजिक जिम्मेवारी र मर्यादामाथि प्रश्न उठाएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।यस घटनाले राजनीतिक प्रदर्शनमा प्रयोग हुने भाषा, शैली र सार्वजनिक व्यक्तित्वको आचरणबारे फेरि बहस सुरु गराएको छ।

    प्रकाशित मिति :चैत्र १५, २०८२ आइतवार - ११:१७:४४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको