Logo

बुधवार, कार्तिक १२ गते २०८३

 गृहमन्त्री गुरुङको ‘एक्सन’पछि सुरक्षा कडाइ, उच्च तहका पक्राउपछि नेपाल प्रहरी ‘हाइ–अलर्ट’मा

 गृहमन्त्री गुरुङको ‘एक्सन’पछि सुरक्षा कडाइ, उच्च तहका पक्राउपछि नेपाल प्रहरी ‘हाइ–अलर्ट’मा

जोईन खबर

१५, चैत्र २०८२
  • 403
    SHARES
  •  गृहमन्त्री गुरुङको ‘एक्सन’पछि सुरक्षा कडाइ, उच्च तहका पक्राउपछि नेपाल प्रहरी ‘हाइ–अलर्ट’मा

    १५ चैत काठमाडौँ । नवनियुक्त गृहमन्त्री सुदन गुरुङले जिम्मेवारी सम्हालेसँगै आक्रामक रूपमा ‘एक्सन’ सुरु गरेपछि देशको सुरक्षा संयन्त्र उच्च सतर्कतामा पुगेको छ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको गिरफ्तारीपछि नेपाल प्रहरी ‘हाइअलर्ट’मा उत्रिएको हो।

    images

    प्रहरी प्रधान कार्यालयले आइतबार एक आन्तरिक निर्देशन जारी गर्दै प्रसूति तथा किरियाबाहेकका सबै बिदा तत्कालका लागि रद्द गरेको जनाएको छ। साथै बिदामा रहेका सम्पूर्ण प्रहरी कर्मचारीलाई शीघ्र ड्युटीमा फर्कन निर्देशन दिइएको छ।

    images
    images
    images

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले विगतका विभिन्न काण्डका फाइलहरू पुनः खोलेर अनुसन्धान अघि बढाउन थालेपछि सम्भावित राजनीतिक विरोध, प्रदर्शन तथा सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको स्रोतले जनाएको छ।

    विशेषगरी काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था थप कडा बनाइएको छ। संवेदनशील क्षेत्रहरूमा प्रहरीको उपस्थिति बढाइएको छ भने निगरानी र गस्तीलाई तीव्र बनाइएको छ।गृह मन्त्रालयमा विगतका चर्चित प्रकरणहरूको फाइलमाथि छलफल जारी रहेको र थप ‘हाइ-प्रोफाइल’ व्यक्तिहरूको पक्राउ हुन सक्ने संकेत पनि देखिएको छ। यसले राजनीतिक वृत्तमा हलचल मच्चाएको छ।

    सरकारको यस कदमलाई कतिपयले भ्रष्टाचारविरुद्धको कडा अभियानको रूपमा हेरेका छन् भने विपक्षी दलहरूले यसलाई राजनीतिक प्रतिशोधको संज्ञा दिएका छन्।यता, सुरक्षा निकायहरूले नागरिकलाई अफवाहमा नपर्न र शान्ति सुरक्षा कायम गर्न सहयोग गर्न आग्रह गरेका छन्। आगामी दिनमा स्थिति थप संवेदनशील बन्न सक्ने भन्दै सतर्कता अपनाउन पनि आग्रह गरिएको छ।

    प्रकाशित मिति :चैत्र १५, २०८२ आइतवार - ११:३३:४९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको