Logo

बुधवार, कार्तिक १२ गते २०८३

दबाब र प्रभावमा नपरी सृजनाको घटनामा निष्पक्ष छानबिन हुने : एसपी अंगुर जिसी

दबाब र प्रभावमा नपरी सृजनाको घटनामा निष्पक्ष छानबिन हुने : एसपी अंगुर जिसी

जोईन खबर

१७, चैत्र २०८२
  • 427
    SHARES
  • दबाब र प्रभावमा नपरी सृजनाको घटनामा निष्पक्ष छानबिन हुने  : एसपी अंगुर जिसी

    १७ चैत काठमाडौँ । सृजनाको घटनामा निष्पक्ष छानबिन हुने एसपी अंगुर जिसी बताउनु भएको छ ।जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जिसी ले सृजनासँग सम्बन्धित घटनामा कुनै पनि प्रकारको दबाब वा प्रभावमा नपरी निष्पक्ष छानबिन गरिने बताएका छन्।

    images

    उनले उक्त घटनाप्रति प्रहरी गम्भीर रहेको उल्लेख गर्दै सत्यतथ्य बाहिर ल्याउन आवश्यक सबै प्रक्रिया अघि बढाइएको जानकारी दिए। “हामी कसैको दबाब वा प्रभावमा पर्दैनौँ, कानुनअनुसार निष्पक्ष अनुसन्धान हुन्छ,” एसपी जिसीले भने।

    images
    images
    images

    प्रहरीका अनुसार घटनासँग सम्बन्धित प्रमाण संकलन, प्रत्यक्षदर्शीको बयान तथा प्राविधिक अनुसन्धानलाई प्राथमिकतामा राखेर काम भइरहेको छ। साथै, दोषी देखिएका व्यक्तिलाई कानुनी दायरामा ल्याइने पनि उनले स्पष्ट पारे।

    घटनाप्रति स्थानीयस्तरमा चासो र चिन्ता बढिरहेको अवस्थामा प्रहरीले पारदर्शी र विश्वसनीय छानबिन गर्ने प्रतिबद्धता जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाँके ले नागरिकलाई अफवाहमा नलागी आधिकारिक सूचनामा विश्वास गर्न आग्रह गरेको छ।यस घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :चैत्र १७, २०८२ मंगलवार - १२:५०:०१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको