Logo

बिहिवार, श्रावण १४ गते २०८३

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रोजगारी दिँदै : स्थानीय तहको सरकार

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रोजगारी दिँदै : स्थानीय तहको सरकार

जोईन खबर

२६, बैशाख २०८०
  • 673
    SHARES
  • प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रोजगारी दिँदै : स्थानीय तहको  सरकार

    २६ बैशाख काठमाडौ। प्रधानमन्त्री रोजगार कार्यक्रमबाट स्थानीयवासीलाई रोजगारी दिन थालेका छन् ।बेरोजगारलाई रोजगारी दिन सरकारले सुरु गरेको उक्त कार्यक्रमलाई जिल्लाका सबै स्थानीय तहले प्राथमिकताका साथ सञ्चालन गरेको स्थानीय तहका रोजगार शाखाले जनाएका छन् ।

    images

    उक्त कार्यक्रमअन्तर्गत कनकासुन्दरी गाउँपालिकामा तीन सय ५० जनालाई रोजगारी दिइएको छ । पचास दिनका लागि विकास निर्माणका काम गर्ने गरी रोजगारी दिइएको र सो अवधिमा रोजगारदाताले प्रतिव्यक्ति रु २८ हजार आठ सय ५० आम्दानी गरेको गाउँपालिका रोजगार संयोजक हंसराज न्यौपानेले जानकारी दिए । 

    विकास निर्माण काममा बेरोजगारलाई रोजगार दिने गरी सय दिनको काम लगाइएको पातारासी गाउँपालिका रोजगार संयोजक अनुज्ञा भण्डारीले जानकारी दिइन् । चालु आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि ७० लाख बजेट विनियोजित गरिएको थियो ।

    प्रधानमन्त्री रोजगार कार्यक्रमबाट सञ्चालन भएका विकासे योजना अन्तिम चरणमा पुगेका छन् । उक्त कार्यक्रमअन्तर्गत सञ्चालन भएका योजनाको अन्तिम अनुगमन गर्न बाँकी रहेको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिए । उक्त पालिकाभित्रका नौ वटै वडामा सो कार्यक्रम लागू गरिएको थियो ।

    प्रकाशित मिति :बैशाख २६, २०८० मंगलवार - १६:२७:१३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको