१९ चैत काठमाडौं । फागुन २१ — प्रतिनिधि सभा निर्वाचित भएपछि पहिलो पटक बसेको संसद् बैठकमा सांसद हर्क साम्पाङले बोल्ने समयको विभेदप्रति कडा आपत्ति जनाएका छन्।
बैठकमा बोल्दै उनले सत्ता पक्षका सांसदहरूले ३० देखि ४० मिनेटसम्म बोल्ने अवसर पाउने तर प्रतिपक्षका तथा साना दलका सांसदहरूलाई २–३ मिनेटमै सीमित गरिने अवस्था अन्यायपूर्ण भएको बताएका छन्।“हामी पनि जनताले चुनेर पठाएका प्रतिनिधि हौँ। हाम्रो क्षेत्रका माग र आवश्यकताहरू राख्न पर्याप्त समय दिनुपर्छ,” उनले भने।
साम्पाङले संसद् लोकतान्त्रिक अभ्यासको थलो भएकाले सबै सांसदलाई समान रूपमा बोल्ने अवसर उपलब्ध गराउनुपर्नेमा जोड दिए। उनले बोल्ने समय निर्धारण गर्दा दलको आकार मात्र नभई प्रतिनिधित्वको सम्मानलाई पनि ध्यान दिनुपर्ने बताए।
प्रतिनिधि सभा पुनःनिर्वाचनपछि पहिलो पटक बसेको यस बैठकमा विभिन्न दलका सांसदहरूले आ–आफ्ना धारणा राख्ने क्रममा समय व्यवस्थापनको विषय पनि उठाइएको छ।साम्पाङको मागसँगै संसद् सञ्चालन प्रक्रियामा सुधार र समान अवसर सुनिश्चित गर्नुपर्ने विषय फेरि चर्चामा आएको छ।