Logo

बुधवार, कार्तिक १२ गते २०८३

हर्क साम्पाङ नेतृत्वको ‘श्रम संस्कृति पार्टी’ गोरखामा विस्तार, नयाँ जिल्ला समिति घोषणा

हर्क साम्पाङ नेतृत्वको ‘श्रम संस्कृति पार्टी’ गोरखामा विस्तार, नयाँ जिल्ला समिति घोषणा

जोईन खबर

२१, चैत्र २०८२
  • 376
    SHARES
  • हर्क साम्पाङ नेतृत्वको ‘श्रम संस्कृति पार्टी’ गोरखामा विस्तार, नयाँ जिल्ला समिति घोषणा

    २१ चैत गोरखा — हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी ले गोरखामा आफ्नो संगठन विस्तार गरेको छ। पार्टीले जिल्लास्तरमा नयाँ समिति गठन गर्दै संगठनलाई थप सशक्त बनाउने अभियान सुरु गरेको जनाएको छ।

    images

    नवगठित जिल्ला समितिको संयोजकमा फत्तबहादुर गुरुङ चयन भएका छन् भने सह–संयोजकमा राम जोशी रहेका छन्। त्यसैगरी सचिवको जिम्मेवारी उज्वल थापालाई दिइएको छ।

    images
    images
    images

    सहसचिवमा निर्मल परियार र लालबहादुर गुरुङ चयन भएका छन् भने कोषाध्यक्षको जिम्मेवारी यमबहादुर गुरुङलाई दिइएको छ।समितिका सदस्यहरूमा प्रेम गुरुङ, एलिसा गुरुङ, विकास गुरुङ, सुवास गैरे, प्रमिला थापामगर, मनु गुरुङ, मेघ गुरुङ र राम घले रहेका छन्।

    पार्टीले गोरखामा संगठन विस्तारसँगै स्थानीय तहमा आफ्नो उपस्थितिलाई मजबुत बनाउने लक्ष्य राखेको बताएको छ। साथै, श्रम, पारदर्शिता र सुशासनलाई प्राथमिकतामा राख्दै जनतामाझ जाने योजना पनि अघि सारेको छ।

    प्रकाशित मिति :चैत्र २१, २०८२ शनिवार - २१:५७:०९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको