Logo

बुधवार, कार्तिक १२ गते २०८३

हर्क साम्पाङको फेसबुक स्टाटसपछि गृहमन्त्रीको जवाफ—८–१० वर्षअघि लिजमा लिएको जग्गामा लगानी डुबेको दाबी

हर्क साम्पाङको फेसबुक स्टाटसपछि गृहमन्त्रीको जवाफ—८–१० वर्षअघि लिजमा लिएको जग्गामा लगानी डुबेको दाबी

जोईन खबर

२४, चैत्र २०८२
  • 316
    SHARES
  • हर्क साम्पाङको फेसबुक स्टाटसपछि गृहमन्त्रीको जवाफ—८–१० वर्षअघि लिजमा लिएको जग्गामा लगानी डुबेको दाबी

    २४ चैत काठमाडौँ । सांसद हर्क साम्पाङले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री सुदन गुरुङले पोखराको जग्गा प्रकरणबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्।साम्पाङले गृहमन्त्रीलाई लक्षित गर्दै फेसबुकमा लामो स्टाटस लेखेपछि त्यसको प्रत्युत्तरमा गुरुङले कमेन्टमार्फत विस्तृत स्पष्टीकरण दिएका हुन्।गृहमन्त्री गुरुङले आफ्नो प्रतिक्रिया “प्रिय माननीय हर्क सम्पाङज्यू” भन्दै सुरु गर्दै दुई नेताबीचको पुरानो सम्बन्ध, सहकार्य र आत्मीयतालाई स्मरण गरेका छन्। उनले सार्वजनिक पदमा रहँदा नागरिक र सहकर्मीप्रति जवाफदेही हुनु आफ्नो जिम्मेवारी भएको पनि उल्लेख गरेका छन्।

    images

    गुरुङका अनुसार करिब ८–१० वर्षअघि उनीसहित तीन जना युवा साथीहरूले पोखराको विकट क्षेत्रमा पर्यटन विकास गर्ने उद्देश्यले एउटा जग्गा लिजमा लिएका थिए। उक्त स्थान पूर्वाधार र विकासको हिसाबले पछाडि परेको हुँदा त्यहाँ लगानी गरेर समग्र विकासमा योगदान पुर्‍याउने लक्ष्य राखिएको उनले बताएका छन्।

    images
    images
    images

    उनले स्पष्ट पारेअनुसार उक्त जग्गा आफ्नो व्यक्तिगत नाममा नभई लिज (भाडा) मा लिइएको थियो। प्रारम्भिक जानकारी अनुसार उक्त जग्गा ६५ मिटर मापदण्डभित्र नपर्ने र आवश्यक कागजात ९लालपुर्जा० समेत देखाइएको आधारमा लगानी अघि बढाइएको थियो।

    तर पछि नगरपालिकाबाट सोही जग्गा ६५ मिटर क्षेत्रभित्र पर्ने जानकारी पाएपछि निर्माण कार्य रोक्नुपर्ने अवस्था आएको गुरुङले बताएका छन्। यसले गर्दा लगानी जोखिममा परेको मात्र नभई उनीहरू “ठगीमा परेको” महसुस भएको उनले उल्लेख गरेका छन्।“हाम्रो लगानी र सपना दुवै डुब्यो,” उनले लेखेका छन्, “तर अरूलाई दुःख नहोस् भन्ने सोचले हामी चुपचाप बस्यौं।”गुरुङले अब भने उक्त प्रकरणमा कानुनी उपचारको बाटो रोज्ने निर्णयमा पुगेको जानकारी दिएका छन्।

    साथै, उनले सञ्चारमाध्यम र सम्बन्धित पक्षलाई पूर्ण तथ्य नबुझी हतारमा एकतर्फी समाचार नबनाउन आग्रह गरेका छन्। “यथार्थ बुझेर मात्र जिम्मेवार ढंगले विषय प्रस्तुत गरिदिनुहोस्,” उनले भनेका छन्।यस प्रकरणले हाल राजनीतिक वृत्तमा चासो बढाएको छ भने आगामी दिनमा यस विषयले थप कानुनी र सार्वजनिक बहस निम्त्याउने देखिएको छ।

     

    प्रकाशित मिति :चैत्र २४, २०८२ मंगलवार - ११:४७:०२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको