२६ चैत काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली लाई प्रहरीले हाजिर जमानीमा रिहा गरेको छ। उनलाई अस्पतालमै परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराई ले जानकारी दिएका छन्।प्रहरीका अनुसार अबको बाँकी निर्णय ओलीको स्वास्थ्य अवस्था हेरेर चिकित्सकहरूले गर्नेछन्। जटिल स्वास्थ्य अवस्थाका कारण उनी हाल त्रिवि शिक्षण अस्पताल मा उपचाररत छन्।
ओलीलाई ‘जेनजी आन्दोलन’ मा दमन गरेको आरोपमा प्रहरीले चैत १४ गते भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरेको थियो। पक्राउपछि स्वास्थ्य समस्या जटिल बन्दै गएपछि उनलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो।त्यसपछि उनकी पत्नी राधिका शाक्य ले गैरकानूनी हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन्।
सर्वोच्च अदालतले चैत २३ गते बेलुका आदेश जारी गर्दै ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक माथिको अनुसन्धान चैत २६ भित्र टुंग्याउन निर्देशन दिएको थियो। साथै, तोकिएको समयभित्र अनुसन्धान नसकिए शर्तसहित रिहा गर्न पनि आदेश दिएको थियो।यसै क्रममा प्रहरीले नियन्त्रणमुक्त गरेपछि ओलीलाई लिन उनकी पत्नी राधिका शाक्य त्रिवि शिक्षण अस्पताल पुगेकी छन्। ओलीको स्वास्थ्य अवस्था र आगामी प्रक्रिया चिकित्सकको सल्लाहअनुसार अघि बढ्ने जनाइएको छ।