२६ चैत काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रासपा०का सांसद हरि ढकाल ले गृहमन्त्री सुदन गुरुङ लाई समर्थन जनाएका छन्। उनले वर्तमान परिस्थितिमा कडाइका साथ कदम चाल्नुपर्ने आवश्यकता औंल्याउँदै “फलाम तातेकै बेला ठोक्नुपर्छ, त्यसपछि मात्र साइजमा आउँछ” भन्ने अभिव्यक्ति दिएका हुन्।
सांसद ढकालले देशमा बढ्दो अव्यवस्था, अपराध र अनुशासनहीनता नियन्त्रण गर्न समयमै प्रभावकारी कदम चाल्न जरुरी रहेको बताए। उनका अनुसार यस्ता विषयमा ढिलाइ गर्दा समस्या झन् जटिल बन्दै जाने भएकाले तत्काल कडा निर्णय आवश्यक हुन्छ।
उनले गृहमन्त्री गुरुङले हाल अघि बढाइरहेका कदमहरूलाई सकारात्मक रूपमा लिँदै राज्य संयन्त्रलाई बलियो बनाउन यस्ता पहललाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरे। “अहिलेको अवस्था सुधार्न दृढ इच्छाशक्ति र कडा कार्यान्वयन आवश्यक छ,” उनले भने।
साथै उनले कानुन कार्यान्वयनमा कुनै किसिमको ढिलासुस्ती नगरी अपराध नियन्त्रणमा सरकारले दृढता देखाउनुपर्नेमा जोड दिए। उनका अनुसार जनताले पनि शान्ति–सुरक्षा कायम गर्न सरकारका कदममा साथ दिनु आवश्यक छ।हाल देशको सुरक्षा अवस्था र विभिन्न घटनाक्रमबीच गृहमन्त्री गुरुङका गतिविधिहरू चर्चामा रहेका बेला सांसद ढकालको यस्तो अभिव्यक्तिलाई राजनीतिक वृत्तमा चासोका रूपमा हेरिएको छ।