Logo

बुधवार, कार्तिक १२ गते २०८३

रवि लामिछानेको सिफारिसमा बालेन शाहद्वारा श्रम मन्त्री दीपककुमार साह पदमुक्त

रवि लामिछानेको सिफारिसमा बालेन शाहद्वारा श्रम मन्त्री दीपककुमार साह पदमुक्त

जोईन खबर

२६, चैत्र २०८२
  • 427
    SHARES
  • रवि लामिछानेको सिफारिसमा बालेन शाहद्वारा श्रम मन्त्री दीपककुमार साह पदमुक्त

    २६ चैत काठमाडौं । रवि लामिछानेको सिफारिसमा प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका छन्। महोत्तरी–२ बाट निर्वाचित रास्वपा सांसद साह मन्त्री बनेको १४ दिनमै पदमुक्त भएका हुन्।

    images

    स्रोतका अनुसार मन्त्री साहमाथि पदको मर्यादा विपरीत कार्य गरेको आरोप लागेपछि रास्वपाले तत्काल कारबाहीका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको थियो। विशेषगरी, आफ्नी श्रीमतीलाई मर्यादाको दुरुपयोग गर्दै लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा पुनः सक्रिय गराउन भूमिका खेलेको आरोप उनीमाथि लागेको छ।

    images
    images
    images

    रास्वपाले यस घटनालाई गम्भीर रूपमा लिँदै सुशासन र पारदर्शितामा कुनै सम्झौता नगर्ने स्पष्ट सन्देश दिएको छ। पार्टी स्रोतका अनुसार यस्ता गतिविधिले पार्टीको छवि र नीतिमाथि प्रश्न उठाउने भएकाले तत्काल कदम चालिएको हो।

    यसैबीच, रास्वपाले स्वास्थ्य मन्त्रीलाई पनि यस प्रकरणमा सचेत गराएको जनाएको छ। स्वास्थ्य बीमा बोर्डसँग सम्बन्धित निर्णयहरूमा पारदर्शिता र प्रक्रिया पालना गर्नुपर्नेमा जोड दिँदै पार्टीले भविष्यमा यस्ता विवाद दोहोरिन नदिन ध्यानाकर्षण गराएको छ।उक्त घटनापछि सरकारभित्र नैतिकता र जिम्मेवारीको विषय पुनः बहसमा आएको छ। राजनीतिक वृत्तमा यो निर्णयलाई सुशासनतर्फको कडा कदमका रूपमा हेरिएको छ।

    प्रकाशित मिति :चैत्र २६, २०८२ बिहिवार - १६:५१:०१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको