Logo

बुधवार, कार्तिक १२ गते २०८३

नयाँ शैक्षिक सत्र २०८३ : वैशाख १५ देखि भर्ना, २१ देखि पठनपाठन, दुई दिन सार्वजनिक बिदा लागू

नयाँ शैक्षिक सत्र २०८३ : वैशाख १५ देखि भर्ना, २१ देखि पठनपाठन, दुई दिन सार्वजनिक बिदा लागू

जोईन खबर

२७, चैत्र २०८२
  • 3.2K
    SHARES
  • नयाँ शैक्षिक सत्र २०८३ : वैशाख १५ देखि भर्ना, २१ देखि पठनपाठन, दुई दिन सार्वजनिक बिदा लागू

    २७ चैत काठमाडौं । सरकारले आगामी शैक्षिक सत्र २०८३ का लागि भर्ना अभियान, पठनपाठन सञ्चालन र बिदा व्यवस्थापन सम्बन्धी नयाँ कार्यतालिका सार्वजनिक गरेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सूचना जारी गर्दै सबै स्थानीय तह तथा विद्यालयलाई उक्त कार्यतालिका कार्यान्वयन गर्न निर्देशन दिएको हो। सूचनाअनुसार नयाँ शैक्षिक सत्र २०८३ को विद्यार्थी भर्ना अभियान वैशाख १५ गतेदेखि सुरु गरिनेछ। त्यसैगरी नियमित पठनपाठन भने वैशाख २१ गतेदेखि सञ्चालन हुने गरी व्यवस्था मिलाउन आग्रह गरिएको छ।

    images

    मन्त्रिपरिषद्को निर्णयअनुसार अबदेखि सरकारी कार्यालयसँगै सम्पूर्ण शैक्षिक संस्थामा पनि हप्तामा दुई दिन—शनिबार र आइतबार—सार्वजनिक बिदा दिइनेछ। यस नयाँ बिदा प्रणालीअनुसार विद्यालयहरूले आफ्नो शैक्षिक कार्यक्रम तथा कार्यतालिका तयार गरी कार्यान्वयन गर्नुपर्नेछ।

    images
    images
    images

    केन्द्रले वैशाख २ गतेदेखि नै विद्यालयहरूलाई विभिन्न प्रवर्द्धनात्मक तथा रचनात्मक क्रियाकलाप सञ्चालन गर्न निर्देशन दिएको छ। यसअन्तर्गत शैक्षिक सत्र २०८३ को कार्ययोजना निर्माण, वार्षिक कार्यतालिका तथा शैक्षणिक योजना तयार गर्ने, विद्यालय सुधार योजना निर्माण तथा अद्यावधिक गर्ने कार्य समावेश छन्।

    त्यसैगरी शिक्षकहरूको पेसागत क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्नुपर्ने र विद्यार्थीहरूको सिकाइ उपलब्धि सुधारका लागि ठोस योजना बनाउनुपर्ने पनि सूचनामा उल्लेख गरिएको छ।सरकारको यस निर्णयले शैक्षिक क्षेत्रलाई व्यवस्थित, प्रभावकारी र विद्यार्थीमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    प्रकाशित मिति :चैत्र २७, २०८२ शुक्रवार - १०:०७:२५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको