२९ चैत काठमाडौँ । जेन्जी नेता प्रवेश दाहालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै कडा अभिव्यक्ति दिएका छन्। उनले ओलीमाथि कारबाही गर्न कानुनी आधार नपुगेको खण्डमा ‘गिरीबन्धु प्रकरण’को फाइल खोल्न गृहमन्त्रीलाई आग्रह गरेका हुन्।
दाहालले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सरकारलाई निष्पक्ष छानबिन गर्न दबाब दिएका छन्। उनले कुनै पनि व्यक्तिलाई कानुनभन्दा माथि राख्न नहुने उल्लेख गर्दै विगतका विवादित प्रकरणहरूमा पनि छानबिन अघि बढाउनुपर्ने धारणा राखेका छन्।“कानुन सबैका लागि समान हुनुपर्छ। यदि कुनै व्यक्तिमाथि कारबाही गर्न तत्काल आधार छैन भने विगतका प्रकरणहरूको फाइल खोल्नुपर्छ,” दाहालले लेखेका छन्।
उनले विशेषगरी ‘गिरीबन्धु प्रकरण’ उल्लेख गर्दै त्यसमा संलग्न व्यक्तिहरूमाथि निष्पक्ष अनुसन्धान हुनुपर्ने बताएका छन्। साथै, उनले सरकारलाई कुनै पनि प्रकारको राजनीतिक प्रभाव वा दबाबमा नपरी पारदर्शी रूपमा अनुसन्धान अघि बढाउन आग्रह गरेका छन्।
दाहालको यो अभिव्यक्तिले पछिल्लो राजनीतिक वृत्तमा चर्चा सिर्जना गरेको छ। विशेषगरी पूर्वप्रधानमन्त्री ओलीसँग सम्बन्धित विषय उठाइएकाले यसले थप राजनीतिक बहसलाई तीव्र बनाउने देखिएको छ।सरकारले भने यस्ता आरोप र मागहरूलाई कसरी सम्बोधन गर्छ भन्ने विषय अहिले चासोको केन्द्रमा रहेको छ।