Logo

बुधवार, कार्तिक १२ गते २०८३

दुई दिन बिदा निर्णय स्वागतयोग्य, स्वास्थ्यकर्मीलाई पनि समान सुविधा दिन चिकित्सक संघको माग

दुई दिन बिदा निर्णय स्वागतयोग्य, स्वास्थ्यकर्मीलाई पनि समान सुविधा दिन चिकित्सक संघको माग

जोईन खबर

२९, चैत्र २०८२
  • 355
    SHARES
  • दुई दिन बिदा निर्णय स्वागतयोग्य, स्वास्थ्यकर्मीलाई पनि समान सुविधा दिन चिकित्सक संघको माग

    २९ चैत काठमाडौँ । नेपाल चिकित्सक संघले सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णयको स्वागत गर्दै स्वास्थ्यकर्मीलाई पनि सोहीअनुसारको सुविधा उपलब्ध गराउन माग गरेको छ। राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख परामर्शदाता तथा अर्थोपेडिक सर्जन प्रा. डा. बद्री रिजालले चिकित्सकको मानसिक तथा शारीरिक स्वास्थ्य तथा ‘बर्नआउट’ समस्यालाई मध्यनजर गर्दै दुई दिन बिदा आवश्यक रहेको बताएका हुन्।

    images

    सरकारले इन्धन खपत घटाउने उद्देश्यले शनिबार र आइतबार बिदा दिने निर्णय गरे पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरूलाई आइतबार ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ। यसले स्वास्थ्यकर्मीमा अन्योल सिर्जना गरेको चिकित्सकहरूको भनाइ छ।

    images
    images
    images

    डा. रिजालले सरकारको निर्णय सबै कर्मचारीका लागि समान रूपमा लागू हुनुपर्ने धारणा राखे। अस्पतालैपिच्छे फरक–फरक नियम हुँदा सेवा प्रवाह र कार्य व्यवस्थापनमा समस्या देखिएको उनले बताए। उनले तत्काल सरोकारवालासँग संवाद गरी स्पष्ट नीति ल्याउन सरकारलाई आग्रह गरे।“असुरक्षित वातावरण र न्यून सुविधाका बीच काम गरिरहेका चिकित्सकहरूलाई थप दबाब दिइयो भने हामी आन्दोलनमा जान बाध्य हुनेछौँ,” उनले चेतावनी दिए।

    उनका अनुसार राज्यले अप्ठ्यारो पर्दा चिकित्सा क्षेत्रलाई ‘अत्यावश्यक सेवा’ भन्दै आए पनि यस क्षेत्रमा कार्यरत जनशक्तिको सुविधा, कार्यघण्टा र सुरक्षाका विषयमा ध्यान नदिएको गुनासो छ। चिकित्सकहरू २४ सै घण्टा ‘अन–कल’ ड्युटीमा रहनुपर्ने, राति–बिराति अस्पताल धाउनुपर्ने र पारिवारिक जीवनसमेत प्रभावित हुने अवस्था रहेको उनले उल्लेख गरे।

    डा. रिजालले प्रशासनिक र प्राविधिक कर्मचारीबीच विभेद भएको पनि बताए। समान तहका प्रशासनिक कर्मचारीले गाडी र अन्य सुविधा पाउँदा चिकित्सक भने त्यस्ता सुविधाबाट वञ्चित रहेको उनको भनाइ छ। उनले चिकित्सकहरू हप्तामा ८० घण्टाभन्दा बढी काम गर्न बाध्य रहेको उल्लेख गर्दै यसलाई श्रमशोषणको संज्ञा दिए।

     

    प्रकाशित मिति :चैत्र २९, २०८२ आइतवार - १२:४१:३० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको