Logo

बुधवार, कार्तिक १२ गते २०८३

चार प्रमुख दलका शीर्ष नेता एउटै संसदीय समितिमा, राज्य व्यवस्था समितिमा शक्ति सन्तुलन

चार प्रमुख दलका शीर्ष नेता एउटै संसदीय समितिमा, राज्य व्यवस्था समितिमा शक्ति सन्तुलन

जोईन खबर

२९, चैत्र २०८२
  • 418
    SHARES
  • चार प्रमुख दलका शीर्ष नेता एउटै संसदीय समितिमा, राज्य व्यवस्था समितिमा शक्ति सन्तुलन

    २९ चैत काठमाडौँ । नयाँ सरकार बने संगै चार फरक–फरक राजनीतिक दलका शीर्ष नेताहरू एउटै संसदीय समितिमा रहेका छन्। प्रतिनिधिसभाले गत शुक्रबार १० वटा विषयगत समिति र दुई वटा संयुक्त समितिमा सदस्यहरू चयन गर्ने क्रममा प्रमुख दलका नेताहरूलाई राज्य व्यवस्था तथा सुशासन समितिमा राखिएको हो।

    images

    २६ सदस्यीय उक्त समितिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेकपाका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष एवं संसदीय दलका नेता ज्ञानबहादुर शाही सदस्य रहेका छन्।

    images
    images
    images

    लामिछाने र दाहाल यसअघि विघटित प्रतिनिधिसभाको कार्यकालमा पनि यही समितिमा सदस्य रहिसकेका थिए। उनीहरूको पुनः सोही समितिमा सहभागिताले निरन्तरता र अनुभव दुवैलाई जोड दिएको देखिन्छ।समितिमा अन्य सदस्यहरूका रूपमा अफ्साना बानु, अमरेश कुमार सिंह, अर्जुननरसिंह के.सी., कमल सुबेदी, करिस्मा कठरिया, कविन्द्र बुर्लाकोटी, गजाला शमीम मिकरानी, गणेश कार्की, निश्कल राई, पद्माकुमारी अर्याल र पुरुषोत्तम शुप्रभात यादव रहेका छन्।

    त्यस्तै, बिश्वराज पोखरेल, भीष्मराज आङ्देम्बे, मोहम्मद इश्तियाक राई, युवराज दुलाल, रमेश प्रसाईं, रवीन्द्र पटेल, राम लामा, रुबिना आचार्य, रेखा कुमारी यादव, विष्णुमाया बि।क।, श्रद्धा कुवर क्षेत्री र हरि ढकाल पनि समितिका सदस्यका रूपमा रहेका छन्।

    राज्य व्यवस्था तथा सुशासन समिति कानुन निर्माण, प्रशासनिक सुधार, सुशासन प्रवर्द्धन र राज्य संयन्त्रको निगरानी गर्ने महत्त्वपूर्ण समिति मानिन्छ। प्रमुख दलका शीर्ष नेताहरू एउटै समितिमा रहनुले आगामी दिनमा नीति निर्माण र राजनीतिक बहसलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

    प्रकाशित मिति :चैत्र २९, २०८२ आइतवार - १२:५७:२० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको