Logo

बुधवार, कार्तिक १२ गते २०८३

प्रधानमन्त्री शाहकाे बैंकमा १ करोड ४६ लाख मौज्दात, पैत्रिक सुनचाँदी पत्नीको नाममा

प्रधानमन्त्री शाहकाे बैंकमा १ करोड ४६ लाख मौज्दात, पैत्रिक सुनचाँदी पत्नीको नाममा

जोईन खबर

२९, चैत्र २०८२
  • 355
    SHARES
  • प्रधानमन्त्री  शाहकाे  बैंकमा १ करोड ४६ लाख  मौज्दात, पैत्रिक सुनचाँदी पत्नीको नाममा

    २९ चैत काठमाडौं — प्रधानमन्त्री बालेन शाहले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ। सार्वजनिक गरिएको विवरणअनुसार उहाँको नाममा उल्लेख्य नगद मौज्दातदेखि पैत्रिक सम्पत्तिसम्म समेटिएको छ।

    images

    विवरणअनुसार, बालेन शाहको व्यक्तिगत नाममा करिब १ करोड ४६ लाख रुपैयाँ बैंक मौज्दात रहेको छ। उक्त रकमको स्रोत सामाजिक सञ्जालमार्फत भएको आम्दानी भएको उल्लेख गरिएको छ । जसले उहाँको वैकल्पिक आयस्रोतलाई समेत देखाउँछ।

    images
    images
    images

    त्यसैगरी, करिब १९० तोला सुन, चाँदी तथा हिराजडित गरगहना पैत्रिक सम्पत्तिका रूपमा रहेको र ती सम्पत्ति उहाँकी पत्नी सविना काफ्ले को नाममा रहेको विवरणमा जनाइएको छ।

    जग्गा जमिनतर्फ हेर्दा, महोत्तरी जिल्लामा करिब ९ विघा जग्गा उहाँका बुबाको नाममा रहेको छ। काठमाडौंमा ५ आना जग्गा उहाँकी आमा धुव्रदेवी शाह को नाममा रहेको छ भने धनुषा जिल्लामा १.२ विघा जग्गा पनि आमा धुव्रदेवी शाहकै नाममा रहेको उल्लेख गरिएको छ।

    सार्वजनिक पदमा रहेका व्यक्तिहरूले सम्पत्ति विवरण सार्वजनिक गर्ने अभ्यास पारदर्शिता र जवाफदेहिताको दृष्टिले महत्वपूर्ण मानिन्छ। बालेन शाहद्वारा सार्वजनिक गरिएको यो विवरणले उहाँको आर्थिक अवस्था तथा पारिवारिक सम्पत्तिको समग्र चित्र प्रस्तुत गरेको छ।

    प्रकाशित मिति :चैत्र २९, २०८२ आइतवार - २१:०२:०२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको