Logo

बुधवार, कार्तिक १२ गते २०८३

नेपाली कांग्रेस त्याग्दै राजेन्द्र बजगाईंको घोषणा “सज्जनका हातमा गोबर छ”

नेपाली कांग्रेस त्याग्दै राजेन्द्र बजगाईंको घोषणा “सज्जनका हातमा गोबर छ”

जोईन खबर

२९, चैत्र २०८२
  • 418
    SHARES
  • नेपाली कांग्रेस त्याग्दै राजेन्द्र बजगाईंको घोषणा “सज्जनका हातमा गोबर छ”

    २९ चैत काठमाडौँ । नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईंले पार्टी परित्यागको घोषणा गरेका छन्। सामाजिक सञ्जाल ‘एक्स’मार्फत उनले आफू अब नेपाली कांग्रेसमा नरहेको जानकारी दिएका हुन्।

    images

    बजगाईंले आइतबार एक स्टाटस सार्वजनिक गर्दै पार्टीभित्रको अवस्था प्रति असन्तुष्टि जनाउँदै कडा शब्दमा टिप्पणी गरेका छन्। उनले लेखेका छन्,“अन्ततः कांग्रेसमा बसिएन। सज्जनका हातमा गोबर छ, पिठ्युँमा घाँसको भारी बोकेर हिँडिरहेका छन्। अनुहारमा सम्भावना बोकेका सोझा नागरिकले पछाडि मात्र सत्य थाहा पाउनेछन्।”

    images
    images
    images

    उनको यस अभिव्यक्तिलाई पार्टीभित्रको आन्तरिक असन्तोष र नेतृत्वप्रति आलोचनाका रूपमा हेरिएको छ। लामो समयदेखि नेपाली कांग्रेसमा सक्रिय रहेका बजगाईंले किन पार्टी छाड्ने निर्णय गरे भन्नेबारे थप विवरण भने सार्वजनिक गरेका छैनन्।

    उनको यो निर्णयले नेपाली कांग्रेसभित्र थप तरंग सिर्जना गर्ने अनुमान गरिएको छ। पछिल्लो समय पार्टीभित्र नेतृत्व, कार्यशैली र विचारधारासम्बन्धी विवादहरू बढ्दै गएको सन्दर्भमा बजगाईंको बहिर्गमनलाई अर्थपूर्ण रूपमा हेरिएको छ।हालसम्म यस विषयमा नेपाली कांग्रेसको औपचारिक प्रतिक्रिया भने आएको छैन।

    प्रकाशित मिति :चैत्र २९, २०८२ आइतवार - २२:२६:०५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको