Logo

बुधवार, कार्तिक १२ गते २०८३

भाडा नतिरेपछि भृकुटीमण्डपमा तालाबन्दी, पत्रकार कार्यालयदेखि चिया पसलसम्म प्रभावित

भाडा नतिरेपछि भृकुटीमण्डपमा तालाबन्दी, पत्रकार कार्यालयदेखि चिया पसलसम्म प्रभावित

जोईन खबर

२, बैशाख २०८३
  • 298
    SHARES
  • भाडा नतिरेपछि भृकुटीमण्डपमा तालाबन्दी, पत्रकार कार्यालयदेखि चिया पसलसम्म प्रभावित

    २ वैशाख काठमाडौं — समाज कल्याण परिषद्ले काठमाडौंको भृकुटीमण्डप परिसरभित्र भाडा नतिरी कार्यालय तथा व्यवसाय सञ्चालन गर्दै आएका विभिन्न संघसंस्था र व्यवसायिक संरचनामा तालाबन्दी गरेको छ। परिषद्ले सात दिनभित्र बाँकी भाडा बुझाउन निर्देशनसमेत दिएको छ।

    images

    परिषद्का अनुसार पटक–पटक सूचना जारी गर्दा पनि भाडा नतिरेपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको हो। परिषद्का सदस्य सचिव सरोज कुमार शर्माले रिपोटर्स क्लब नेपाल, काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाज, नेपाल फोटो पत्रकार महासंघ, राष्ट्रिय अपांग महासंघलगायत करिब २० वटा संरचनामा ताला लगाइएको जानकारी दिएका छन्।

    images
    images
    images

    भृकुटीमण्डप परिसरबाट मात्रै १० करोड रुपैयाँभन्दा बढी भाडा उठ्न बाँकी रहेको परिषद्ले जनाएको छ। सदस्य सचिव शर्माले अब परिसरभित्रका संरचनाहरूलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने योजना अघि बढाइएको समेत बताएका छन्।

    प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा महिला तथा बालबालिकामन्त्री सीता बादीले परिषद्मार्फत बक्यौता भाडा उठाउने प्रक्रिया तीव्र बनाएकी हुन्। यसअघि पनि भाडा बुझाउन पटक–पटक निर्देशन दिइए तापनि अटेर भएपछि अहिले कडा कदम चालिएको परिषद्को भनाइ छ।

    कसले कति तिर्न बाँकी
    विभिन्न संस्था तथा संगठनहरूले ठूलो रकम भाडा बक्यौता राखेका छन्। पत्रकार ऋषि धमलासँग सम्बन्धित रिपोटर्स क्लब नेपालले ७३ लाख ४० हजार रुपैयाँ तिर्न बाँकी रहेको छ। त्यस्तै, उपभोक्ता मञ्च नेपालले ४५ लाख ५७ हजार, लोकतान्त्रिक शहीद तथा घाइते समाजले १४ लाख ६१ हजार, नेपाल पत्रकार महासंघले ३३ लाख ७ हजार र नेपाल फोटो पत्रकार महासंघले २० लाख ६८ हजार रुपैयाँ भाडा बुझाउन बाँकी छ।

    यसैगरी, सेन्थेसिस एक्जिविसन एन्ड इभेन्टले १० लाख रुपैयाँभन्दा बढी, नेपाल राष्ट्रिय मानव अधिकार संरक्षण मञ्चले २१ लाख ८५ हजार रुपैयाँ तिर्न बाँकी छ। काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाजले स्लट नं। ३४ का लागि १ करोड १३ लाख ५३ हजार र स्टल नं। ६८ का लागि १ करोड ७६ लाख ७० हजार रुपैयाँ बक्यौता रहेको छ।

    राष्ट्रिय अपांग महासंघले १ करोड १६ लाख ३२ हजार तथा बालबालिकाका निम्ति गैरसरकारी संस्थाको महासंघ नेपालले ८९ लाख ९० हजार रुपैयाँ भाडा नतिरेको परिषद्ले जनाएको छ।परिषद्ले तोकिएको समयभित्र बक्यौता नतिरे थप कडा कारबाही गर्ने चेतावनी दिएको छ।

    प्रकाशित मिति :बैशाख २, २०८३ बुधवार - १०:५१:०० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको