Logo

बुधवार, कार्तिक १२ गते २०८३

संसदीय समितिका सभापति चयन प्रक्रिया सुरु, बिहीबार मनोनयन दर्ता हुँदै

संसदीय समितिका सभापति चयन प्रक्रिया सुरु, बिहीबार मनोनयन दर्ता हुँदै

जोईन खबर

२, बैशाख २०८३
  • 331
    SHARES
  • संसदीय समितिका सभापति चयन प्रक्रिया सुरु, बिहीबार मनोनयन दर्ता हुँदै

    २ वैशाख काठमाडौं — सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभा तथा संयुक्त समितिका सभापतिहरू चयनका लागि मनोनयन दर्ता प्रक्रिया बिहीबार हुने भएको छ। सङ्घीय संसद् सचिवालयका सचिव हर्कराज राईले सूचना जारी गर्दै दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको जानकारी दिएका छन्।सूचनाअनुसार मनोनयन दर्ता सिंहदरबारस्थित प्रतिनिधिसभा सचिवको कार्यकक्षमा हुनेछ। त्यस्तै, उम्मेदवारहरूको अन्तिम सूची सोही दिन दिउँसो साढे ४ बजे सार्वजनिक गरिनेछ।

    images

    प्रतिनिधिसभा अन्तर्गत रहेका १० वटा विषयगत समिति र दुई संयुक्त समितिमा सभापति चयन गर्न बाँकी रहेको छ। यसअघिको बैठकमा, चैत २७ गते, प्रतिनिधिसभाले ती समितिहरूमा रहने सदस्यहरूको टुंगो लगाएको थियो।सोही बैठकमा सभामुख डोलप्रसाद अर्यालले आगामी वैशाख ४ गते सभापति चयनका लागि निर्वाचन गर्ने मिति घोषणा गरेका थिए।

    images
    images
    images

    नियमअनुसार सम्बन्धित समितिका कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी प्रस्ताव राख्न सोही समितिका एक जना सदस्य प्रस्तावक र अर्को एक जना सदस्य समर्थक हुनुपर्ने व्यवस्था गरिएको छ।संसदीय समितिहरूको नेतृत्व चयनसँगै विधायन, अनुगमन तथा नीति निर्माण सम्बन्धी कार्यहरू थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

    Screenshot 2026-04-15 112504.jpg

    प्रकाशित मिति :बैशाख २, २०८३ बुधवार - ११:३८:०५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको