Logo

बुधवार, कार्तिक १२ गते २०८३

इन्धन मूल्य घटाउन २४ घण्टे अल्टिमेटम, नत्र आयल निगम घेरिने चेतावनी

इन्धन मूल्य घटाउन २४ घण्टे अल्टिमेटम, नत्र आयल निगम घेरिने चेतावनी

जोईन खबर

५, बैशाख २०८३
  • 466
    SHARES
  • इन्धन मूल्य घटाउन २४ घण्टे अल्टिमेटम, नत्र आयल निगम घेरिने चेतावनी

    ५ वैशाख काठमाडौं — राष्ट्रिय जेनजी नागरिक अभियानले इन्धनको मूल्य तत्काल घटाउन सरकार र नेपाल आयल निगमलाई २४ घण्टे अल्टिमेटम दिएको छ। शनिबार राजधानीको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमार्फत अभियानले निर्धारित समयभित्र मूल्य नघटाए कडा आन्दोलनका कार्यक्रम घोषणा गर्दै आयल निगम घेराउ गर्ने चेतावनी दिएको हो।

    images

    अभियानका संयोजक सुनिल सिंहले जनतालाई राहत दिने वाचा गरेर सत्तामा आएका नेतृत्वले उल्टै महँगीको भार थपेको आरोप लगाए। “जनतालाई पुराना जञ्जालबाट मुक्त गर्छु भन्ने नयाँहरू नै अहिले महँगीले थिचिरहेका छन्,” उनले भने, “यदि सरकारले जनताको आवाज नसुने आयल निगमको अस्तित्व समाप्त गर्न समेत संघर्ष गर्नेछौं।”

    images
    images
    images

    सह–संयोजक अजय सोडारीले छिमेकी देशमा पेट्रोलियम पदार्थको मूल्य स्थिर रहँदा नेपालमा भने अत्यधिक मूल्य वृद्धि गरिएको भन्दै आपत्ति जनाए। “भारतमा पेट्रोलको मूल्य करिब ९५ रुपैयाँ हुँदा नेपालमा २१९ पुग्नु लाजमर्दो विषय हो,” उनले भने, “सरकारले ५० प्रतिशत कर छुट दिएको भ्रम फैलाएर जनतालाई झन् मारमा पारेको छ।”

    उनले कर छुटको नाममा जनतालाई झुक्याइएको आरोप लगाउँदै आवश्यक परे आयल निगम घेराउ गर्न बाध्य हुने चेतावनी दिए। साथै, महँगी निरन्तर बढिरहँदा पनि व्यापक विरोध नहुनु प्रति उनले असन्तुष्टि व्यक्त गरे। “महँगी बढेको बढ्यै छ, तर सबै मौन छन्, मानौं यो सरकार र जनताबीचको मौन अवधि हो,” उनले भने।

    यसैबीच, जेनजी अभियन्ता प्रकाश बमले बालेन्द्र शाह नेतृत्वको सरकारप्रति आक्रोश व्यक्त गर्दै सिंहदरबारमा सर्वसाधारणलाई निषेध गरिएको विषयमा आलोचना गरे। उनले जनआन्दोलनको बलबाट आएको नेतृत्वले नै निरंकुश शैली अपनाएको आरोप लगाए।

    अभियानले इन्धनको मूल्य तत्काल घटाउन, कर संरचनामा पारदर्शिता ल्याउन र जनतालाई राहत दिने नीतिहरू अवलम्बन गर्न सरकारसँग माग गरेको छ। साथै, माग सम्बोधन नभए चरणबद्ध आन्दोलन सुरु गरिने चेतावनी दिएको छ।

    प्रकाशित मिति :बैशाख ५, २०८३ शनिवार - २१:५७:३९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको