Logo

बुधवार, कार्तिक १२ गते २०८३

राजीनामाअघि गृहमन्त्री सुधन गुरुङको दौडधुप तीव्र, सभापति रवि लामिछानेसँग दिनमै २–३ पटक भेट

राजीनामाअघि गृहमन्त्री सुधन गुरुङको दौडधुप तीव्र, सभापति रवि लामिछानेसँग दिनमै २–३ पटक भेट

जोईन खबर

९, बैशाख २०८३
  • 412
    SHARES
  • राजीनामाअघि गृहमन्त्री सुधन गुरुङको दौडधुप तीव्र, सभापति रवि लामिछानेसँग दिनमै २–३ पटक भेट

    ९ वैशाख काठमाडौं । गृहमन्त्री पदबाट राजीनामा दिएका सुधन गुरुङ ले राजीनामाअघि पार्टी सभापति रवि लामिछाने सँग दिनमै दुई–तीन पटकसम्म भेटघाट गर्ने गरेको खुलेको छ।लामिछानेनिकट स्रोतका अनुसार गुरुङ दैनिक रूपमा सभापति निवास पुगेर मन्त्रालयका कामकारबाहीबारे ब्रिफिङ दिने गर्थे। पछिल्लो समय आफूविरुद्ध उठेका विवादका कारण उनको दौडधुप झनै बढेको बताइएको छ।

    images

    “दैनिक ब्रिफिङ गर्न रवि दाइको निवास पुग्नुहुन्थ्यो। दिनमै २–३ पटकसम्म उहाँ सभापति निवास पुग्नुहुन्थ्यो। आफूले गरेको लगानीको विषयमा पटक–पटक सभापतिलाई स्पष्ट पार्नुभएको थियो,” स्रोतले जनाएको छ।

    images
    images
    images

    यता, गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह सँग पनि लगातार भेटघाट गर्दै आएका थिए। प्रधानमन्त्रीसँगको पछिल्लो छलफलमा राजीनामा दिन सुझाव पाएपछि उनले पद त्याग्ने निर्णय लिएको स्रोतको दाबी छ।प्रधानमन्त्रीसँगको भेटपछि गुरुङले औपचारिक रूपमा राजीनामा बुझाएर बाहिरिएको बताइएको छ। उनको राजीनामासँगै पछिल्लो विवाद र राजनीतिक गतिविधि थप चासोको विषय बनेको छ।

    प्रकाशित मिति :बैशाख ९, २०८३ बुधवार - १५:५१:२४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको