Logo

बुधवार, कार्तिक १२ गते २०८३

प्रधानाध्यापकले स्वागत नगरेपछि रास्वपा सांसद विश्वराज पोखरेलको टिप्पणी भाइरल, चर्को आलोचना

प्रधानाध्यापकले स्वागत नगरेपछि रास्वपा सांसद विश्वराज पोखरेलको टिप्पणी भाइरल, चर्को आलोचना

जोईन खबर

१४, बैशाख २०८३
  • 265
    SHARES
  • प्रधानाध्यापकले स्वागत नगरेपछि रास्वपा सांसद विश्वराज पोखरेलको टिप्पणी भाइरल, चर्को आलोचना


    १४ वैशाख काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले विद्यालयका प्राध्यापकले  स्वागत गर्न नआएको भन्दै दिएको अभिव्यक्तिको विरोध भएको छ ।  सांसद पोखरेल सम्बन्धी एक भिडियो यतिबेला सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेको छ ।  जसले व्यापक बहस र आलोचना निम्त्याएको छ। भिडियोमा उनलाई एक विद्यालय भ्रमणका क्रममा (प्रधानाध्यापक) प्रति असन्तुष्टि व्यक्त गर्दै कडा टिप्पणी गरेको देखिन्छ।

    images

    भिडियोमा उनले भनेका छन्, “तपाईंले म आउँदैछु भन्दा निस्किनु पर्छ,तपाईं कर्मचारी हो, म रिटायर्ड विशिष्ट श्रेणी कर्मचारी हुँ। एउटा जिल्लाको एउटा माननीय आउँदा प्रधानाध्यापक भित्र चुप लागेर बस्ने” भनेर थरकाएको भिडियो सार्वजानिक भएको छ । 

    images
    images
    images

    उक्त अभिव्यक्तिपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले मिश्रित प्रतिक्रिया दिएका छन्। धेरैले उनको भनाइलाई “अहंकारी” र “असहज” भन्दै आलोचना गरेका छन् भने केहीले भने पदको सम्मानका सन्दर्भमा फरक कोणबाट टिप्पणी गरेका छन्।शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले पनि यस विषयमा प्रतिक्रिया दिँदै विद्यालय जस्तो शैक्षिक संस्थामा मर्यादित व्यवहार अपेक्षित हुने बताएका छन्। उनीहरूले सार्वजनिक पदमा रहेका व्यक्तिहरूले अझ बढी संयमित भाषा प्रयोग गर्नुपर्ने धारणा राखेका छन्।

    यता, उक्त भिडियोको सन्दर्भ र वास्तविक अवस्था के थियो भन्नेबारे स्पष्ट जानकारी भने अझै सार्वजनिक रूपमा पुष्टि हुन सकेको छैन। भिडियो सम्पूर्ण घटनाको अंश मात्रै हुन सक्ने भन्दै केहीले पूर्ण विवरण आउनु आवश्यक रहेको बताएका छन्।घटनाबारे सम्बन्धित पक्षबाट आधिकारिक प्रतिक्रिया आउन बाँकी रहेको छ। यसैबीच यो विषयले सामाजिक सञ्जालमा राजनीतिक आचरण, पदको मर्यादा र सार्वजनिक व्यवहारबारे बहस चर्काएको छ।

    प्रकाशित मिति :बैशाख १४, २०८३ सोमवार - १०:२०:०५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको