Logo

बुधवार, कार्तिक १२ गते २०८३

तनहुँको चुँदी रम्घामा ‘भानु साहित्य उद्यान शिलान्यास, आज राष्ट्रपति पौडेल सहभागी हुने

तनहुँको चुँदी रम्घामा ‘भानु साहित्य उद्यान शिलान्यास, आज राष्ट्रपति पौडेल सहभागी हुने

जोईन खबर

१४, बैशाख २०८३
  • 328
    SHARES
  • तनहुँको चुँदी रम्घामा ‘भानु साहित्य उद्यान शिलान्यास,  आज राष्ट्रपति पौडेल सहभागी हुने

    १४ वैशाख काठमाडौँ । तनहुँको चुँदी रम्घामा ‘भानु साहित्य उद्यान’ आज शिलान्यास हुने भएको छ। राष्ट्रपति  रामचन्द्र पौडेल–भानु नगरपालिका–४ मा निर्माण हुने उक्त उद्यानको शिलान्यास गर्ने कार्यक्रम रहेको छ। यसका लागि राष्ट्रपति पौडेल आज बिहान ११ बजेपछि तनहुँ जाने कार्यतालिका तय गरिएको छ।

    images

    नेपाली साहित्यका आदिकविभानुभक्त आचार्यको जन्मभूमि चुँदी रम्घालाई अन्तर्राष्ट्रिय स्तरको नेपाली भाषा तथा साहित्य केन्द्रका रूपमा विकास गर्ने उद्देश्यसहित ‘भानु साहित्य उद्यान’ निर्माण गर्न लागिएको हो।

    images
    images
    images

    यसअघि वर्षमान पुन ले आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्य सार्वजनिक गर्दै तनहुँको चुँदी रम्घामा सबै नेपाली भाषाभाषीका मूर्धन्य स्रष्टाको प्रतिमा तथा सप्तधामसहितको ‘भानु साहित्य उद्यान’ स्थापना गर्ने घोषणा गरेका थिए।नगरपालिकाका प्रवक्ता ईश्वरबहादुर घिमिरेका अनुसार नेपाल सरकारले विनियोजन गरेको २० करोड रुपैयाँ बजेटबाट उद्यानको पहिलो चरणको निर्माण कार्य सुरु हुन लागेको हो।

    गुरुयोजना अनुसार उद्यानभित्र प्रारम्भिक चरणमा आधुनिक ‘भानु भवन’ निर्माण गरिनेछ। त्यसपछि क्रमशः सातै प्रदेशका प्रमुख धार्मिक तथा सांस्कृतिक सम्पदाका नमूना संरचना निर्माण गरिने र नेपाली साहित्यका मूर्धन्य व्यक्तित्वहरूको सालिक स्थापना गर्ने योजना रहेको छ।स्थानीय तहका प्रतिनिधिहरूले यो परियोजनाले चुँदी रम्घालाई साहित्यिक पर्यटनको केन्द्रका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरेका छन्।

     

    प्रकाशित मिति :बैशाख १४, २०८३ सोमवार - १०:३९:०० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको