Logo

बुधवार, कार्तिक १२ गते २०८३

मालीमा समन्वित आक्रमण : रक्षामन्त्री सादियो कमाराको उपचार क्रममा मृत्यु

मालीमा समन्वित आक्रमण : रक्षामन्त्री सादियो कमाराको उपचार क्रममा मृत्यु

जोईन खबर

१४, बैशाख २०८३
  • 253
    SHARES
  • मालीमा समन्वित आक्रमण : रक्षामन्त्री सादियो कमाराको उपचार क्रममा मृत्यु

    १४ वैशाख काठमाडौँ । पश्चिम अफ्रिकी मुलुक माली मा शनिबार विभिन्न स्थानमा एकैपटक भएका आक्रमणपछि देशका रक्षामन्त्री साडियो कमारा को उपचारका क्रममा मृत्यु भएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सको आइतबार मात्रै उनको मृत्यु भएको खबर सार्वजनिक गरेको हो।

    images

    सशस्त्र समूहले राजधानी बामा सहित देशका विभिन्न क्षेत्रमा समन्वित हमला गरेको बताइएको छ। आक्रमणमा गम्भीर घाइते भएका रक्षामन्त्री कमाराको उपचारकै क्रममा ज्यान गएको जनाइएको छ।

    images
    images
    images

    रक्षामन्त्रीको निवास बामाकोबाट करिब १५ किलोमिटर टाढा काती क्षेत्रमा रहेको छ, जहाँ शनिबार उनीमाथि प्रत्यक्ष आक्रमण गरिएको थियो। स्रोतका अनुसार प्रतिकारका क्रममा कमाराले आफैंले पनि आक्रमणकारीमाथि गोली चलाएका थिए।

    बीबीसीका अनुसार आत्मघाती आक्रमणकारीले विस्फोटक पदार्थले भरिएको सवारीसाधन रक्षामन्त्रीको निवासतर्फ ठोक्काएका थिए। विस्फोटपछि निवास पूर्ण रूपमा ध्वस्त भएको र नजिकै रहेको एक मस्जिदसमेत क्षतिग्रस्त भएको बताइएको छ।

    घटनामा केही सर्वसाधारणको ज्यान गएको र रक्षामन्त्री कमाराको परिवारका अन्य सदस्यहरू पनि मारिएको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ। आक्रमणको जिम्मेवारी कसले लिएको हो भन्नेबारे हालसम्म स्पष्ट भइसकेको छैन।यो घटनापछि मालीको सुरक्षा अवस्था थप चुनौतीपूर्ण बनेको छ भने सरकारले देशभर उच्च सतर्कता अपनाएको जनाएको छ।

    प्रकाशित मिति :बैशाख १४, २०८३ सोमवार - १०:४९:४४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको