Logo

बुधवार, कार्तिक १२ गते २०८३

अर्थतन्त्र दबाबमा : ऋण बढ्दो, वृद्धि सुस्त र रोजगारी सिर्जना कमजोर

अर्थतन्त्र दबाबमा : ऋण बढ्दो, वृद्धि सुस्त र रोजगारी सिर्जना कमजोर

जोईन खबर

१५, बैशाख २०८३
  • 367
    SHARES
  • अर्थतन्त्र दबाबमा : ऋण बढ्दो, वृद्धि सुस्त र रोजगारी सिर्जना कमजोर

    १५ वैशाख काठमाडौा । अर्थ मन्त्रालयले ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र’ सार्वजनिक गर्दै देशको अर्थतन्त्र बहुआयामिक चुनौतीबीच रहेको औंल्याएको छ। प्रतिवेदनले सार्वजनिक ऋणको तीव्र वृद्धि, कमजोर पुँजीगत खर्च क्षमता र बाह्य जोखिमका कारण अर्थतन्त्र दबाबमा परेको उल्लेख गरेको छ।

    images

    प्रतिवेदनअनुसार पछिल्लो समय सार्वजनिक ऋणको भार तीव्र रूपमा बढिरहेको छ भने विकास निर्माणसँग सम्बन्धित पुँजीगत खर्च प्रभावकारी रूपमा गर्न सक्ने क्षमता कमजोर देखिएको छ। यसले दीर्घकालीन आर्थिक वृद्धिमा नकारात्मक असर पार्ने चेतावनी दिइएको छ।

    images
    images
    images

    यस्तै, पश्चिम एसियामा जारी युद्धका कारण नेपाली कामदार र रेमिट्यान्स आप्रवाहमा समेत बहुआयामिक चुनौती देखिएको छ। वैदेशिक रोजगारीमा निर्भर अर्थतन्त्रका लागि यस्तो अवस्था जोखिमपूर्ण रहेको प्रतिवेदनले औंल्याएको छ।

    पछिल्लो एक दशकमा नेपालको आर्थिक वृद्धिदर औसत ४.२ प्रतिशतमा सीमित रहनु पनि चिन्ताजनक रहेको उल्लेख छ। कृषि क्षेत्रमा अझै करिब ६२ प्रतिशत जनसंख्या निर्भर रहे पनि उत्पादकत्व न्यून रहेकोले संरचनात्मक सुधारको आवश्यकता देखिएको छ।

    अन्तर्राष्ट्रिय स्तरमा वित्तीय विश्वसनीयतामा पनि असर परेको छ। Financial Action Task Force (FATF)को ‘ग्रे–लिष्ट’ मा नेपाल परेपछि अन्तर्राष्ट्रिय वित्तीय प्रणालीमा देशको छवि कमजोर बनेको प्रतिवेदनले जनाएको छ।

    उद्योग क्षेत्रको अवस्था पनि सन्तोषजनक नरहेको, पर्याप्त रोजगारी सिर्जना हुन नसकेको तथा प्राकृतिक स्रोतको समुचित उपयोगमा मुलुक चुकेको उल्लेख गरिएको छ।त्यसैगरी, प्रदेश र स्थानीय तहको खर्च गर्ने क्षमता कमजोर देखिएको छ भने वैदेशिक व्यापारमा संरचनात्मक असन्तुलन कायमै रहेको प्रतिवेदनले औंल्याएको छ।समग्रमा, अर्थ मन्त्रालयले आर्थिक स्थायित्व कायम राख्न संरचनात्मक सुधार, उत्पादन वृद्धि, रोजगारी सिर्जना र वित्तीय अनुशासनमा जोड दिनुपर्ने आवश्यकता औंल्याएको छ।

    प्रकाशित मिति :बैशाख १५, २०८३ मंगलवार - १५:०५:३४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको