Logo

बुधवार, कार्तिक १२ गते २०८३

बैसाखी टेकेर छोरीको भविष्य खोज्दै सुकुम्बासी महिलाको पीडा

बैसाखी टेकेर छोरीको भविष्य खोज्दै सुकुम्बासी महिलाको पीडा

जोईन खबर

१५, बैशाख २०८३
  • 421
    SHARES
  • बैसाखी टेकेर छोरीको भविष्य खोज्दै सुकुम्बासी महिलाको पीडा

    १५ वैशाख काठमाडौँ । त्रिपुरेश्वरस्थित रंगशालामा सञ्चालन गरिएको सुकुम्बासी पहिचानका लागि स्क्रिनिङ सेन्टरमा एक महिलाको पीडादायी दृश्यले सबैको ध्यान खिचेको छ। बायाँ हातले १५ वर्षीया छोरी समाउँदै र दायाँ हातले बैसाखी टेकेर उनी आफ्नो नाम दर्ता गराउन त्यहाँ पुगेकी थिइन्।

    images

    आर्थिक अभाव र बसोबासको अनिश्चितताबीच जीवन गुजारिरहेकी ती महिला छोरीको भविष्यप्रति भने गहिरो चिन्तित देखिन्थिन्। स्क्रिनिङ सेन्टरमा भेटिएका जोसुकैसँग पनि उनी सहयोगको याचना गर्दै हारगुहार गरिरहेकी थिइन्।“मेरो जीवन त दुःखमै बितिगयो, यसले चाहिँ थोरै भए पनि बाटो पाए हुन्थ्यो” भन्दै उनले छोरीलाई पढाएर राम्रो भविष्य दिन चाहेको सुनाइन्।

    images
    images
    images

    १५ वर्ष टेकेकी छोरीलाई उच्च शिक्षा दिलाउने उनको ठूलो सपना छ।सुकुम्बासीका रूपमा नाम दर्ता भए केही राहत र सहयोग मिल्ने आशामा उनी त्यहाँ पुगेकी थिइन्।

    तर सहयोग पाइने–नपाइने अन्योलबीच उनी आशा र निराशाको दोसाँधमा उभिएकी देखिन्थिन्।स्थानीयस्तरमा यस्ता धेरै परिवार अझै आधारभूत सुविधा र सुरक्षित आवासको अभावमा संघर्षरत रहेको यथार्थ पनि यो घटनाले उजागर गरेको छ।

     

    प्रकाशित मिति :बैशाख १५, २०८३ मंगलवार - १५:२२:४२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको