Logo

बुधवार, कार्तिक १२ गते २०८३

तरुण दल अध्यक्ष विद्वान गुरुङको राजीनामा, महाधिवेशन हुन नसकेको

तरुण दल अध्यक्ष विद्वान गुरुङको राजीनामा, महाधिवेशन हुन नसकेको

जोईन खबर

१६, बैशाख २०८३
  • 376
    SHARES
  • तरुण दल अध्यक्ष विद्वान गुरुङको राजीनामा, महाधिवेशन हुन नसकेको

    १६ वैशाख काठमाडौं ।  तरुण दलको अध्यक्ष पदबाट विद्वान गुरुङले राजीनामा दिएका छन्। बुधबार उनले गगन थापा लाई सम्बोधन गर्दै नेपाली कांग्रेस को केन्द्रीय कार्यालय सानेपामा राजीनामा पत्र बुझाएका हुन्।

    images

    २०७८ साल फागुन ९ गते तरुण दलको अध्यक्षमा नियुक्त भएका गुरुङले आफ्नो कार्यकालमा पार्टीले दिएको जिम्मेवारीका लागि सभापति थापा र केन्द्रीय कार्यसमितिप्रति आभार व्यक्त गरेका छन्। उनले राजीनामा पत्रमार्फत पूर्वअध्यक्षहरू, कार्यसमिति सदस्यहरू, जिल्ला सभापतिहरू तथा देशभरका तरुण कार्यकर्ताहरूलाई सहयोगका लागि धन्यवाद दिएका छन्।

    images
    images
    images

    राजीनामा पत्रमा गुरुङले पार्टीले २०८३ मंसिर मसान्तभित्र पाँचौँ महाधिवेशन सम्पन्न गर्ने समय सीमा तोकेको भए पनि पछिल्लो राजनीतिक परिस्थितिका कारण सो महाधिवेशन सम्पन्न गर्न नसकिएको स्वीकार गरेका छन्।

    उनले लोकतन्त्रको सुदृढीकरण तथा नयाँ जनादेशलाई संस्थागत गर्न तरुण दललाई समय र युगअनुकूल ढंगले अघि बढाउनुपर्ने आवश्यकता औंल्याएका छन्। साथै, पार्टी निर्माणको अभियानलाई सहज बनाउने उद्देश्यले आफूले राजीनामा दिएको पनि स्पष्ट पारेका छन्।

    गुरुङको राजीनामासँगै तरुण दलको आगामी नेतृत्व चयन र महाधिवेशनको विषय फेरि चर्चामा आएको छ। पार्टीभित्र अब नयाँ नेतृत्व चयन प्रक्रिया र संगठन सुदृढीकरणको बहस तीव्र हुने संकेत देखिएको छ।

    685322806_918365214573244_3309890016348133197_n_kCvgZK2t2T.jpg

    प्रकाशित मिति :बैशाख १६, २०८३ बुधवार - १८:१५:३२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको