Logo

बुधवार, कार्तिक १२ गते २०८३

सरकारको अल्टिमेटमपछि बल्खु–टेकुका सुकुम्बासीले आफैं बस्ती खाली गरे

सरकारको अल्टिमेटमपछि बल्खु–टेकुका सुकुम्बासीले आफैं बस्ती खाली गरे

जोईन खबर

१७, बैशाख २०८३
  • 337
    SHARES
  • सरकारको अल्टिमेटमपछि बल्खु–टेकुका सुकुम्बासीले आफैं बस्ती खाली गरे

    १७ वैशाख काठमाडौं । सरकारको कडा अल्टिमेटमपछि काठमाडौंका बल्खु, टेकु लगायतका नदीकिनार क्षेत्रका सुकुम्बासीहरूले आफैं आफ्नो बस्ती खाली गर्न थालेका छन्। महानगरपालिका र संघीय सरकारको संयुक्त दबाबपछि मंगलबारदेखि त्यहाँका बासिन्दा घरटहरा भत्काउँदै अन्यत्र सर्ने तयारीमा जुटेका हुन्।

    images

    गत साता सरकारले नदीकिनार तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउने भन्दै ७ दिनभित्र बस्ती खाली गर्न निर्देशन दिएको थियो। उक्त समयसीमा सकिन लागेसँगै सुरक्षाकर्मी परिचालन हुने संकेत पाएपछि स्थानीयहरू आफैं सामान सार्न थालेका हुन्।स्थानीय बासिन्दाका अनुसार अचानक खाली गर्नुपर्दा ठूलो समस्या परेको छ। “हामी कहाँ जाने भन्ने नै अन्योल छ, तर जबरजस्ती हटाइने डरले आफैं हट्न बाध्य भएका छौं,” एक स्थानीयले गुनासो गरे।

    images
    images
    images

    काठमाडौं महानगरपालिकाले भने सार्वजनिक जग्गा संरक्षण र बाढी जोखिम न्यूनीकरणका लागि यस्तो कदम आवश्यक भएको जनाएको छ। महानगरका एक अधिकारीले भने, “नदी किनार अतिक्रमण हटाउनु कानुनी दायित्व हो। मानवीय पक्षलाई ध्यानमा राख्दै व्यवस्थापनका विकल्पबारे पनि सरकारसँग समन्वय भइरहेको छ।”

    यसैबीच, सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन योजना नआएको भन्दै विभिन्न अधिकारकर्मी तथा संघसंस्थाले सरकारको आलोचना गरेका छन्। उनीहरूले वैकल्पिक आवासको सुनिश्चितता बिना हटाउने कार्य मानवीय दृष्टिले उचित नभएको बताएका छन्।सरकारले भने वास्तविक सुकुम्बासीको पहिचान गरी व्यवस्थित बसोबासको योजना अघि बढाउने दाबी गरेको छ। तर तत्कालका लागि भने बल्खु, टेकु लगायतका क्षेत्रमा बस्ती हटाउने कार्य तीव्र रूपमा अघि बढिरहेको छ।

    प्रकाशित मिति :बैशाख १७, २०८३ बिहिवार - १६:०६:५५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको