Logo

बिहिवार, श्रावण १४ गते २०८३

एजेन्सीको अस्तित्व वेगरको विज्ञापन ऐन खारेज गर : नेपाल विज्ञापन संघ (आन)

एजेन्सीको अस्तित्व वेगरको विज्ञापन ऐन खारेज गर : नेपाल विज्ञापन संघ (आन)

जोईन खबर

२७, बैशाख २०८०
  • 1.9K
    SHARES
  • एजेन्सीको अस्तित्व वेगरको विज्ञापन ऐन खारेज गर :  नेपाल विज्ञापन संघ (आन)

    २७ बैशाख काठमाडौ। नेपाल विज्ञापन संघ (आन)ले सरकारले एकद्वार नीति ल्याउने निर्णय गरेकोमा आपत्ति जनाउँदै आज विरोध कार्यक्रमको घोषणा गरेको छ ।

    images

    आनले देशमा औद्योगिक एंव व्यवसायिक वाताारणको अभावमा अर्थतन्त्रमा देखिएको निराशजनक परिवेशमा सरकारले उद्योगी तथा व्यवसायीहरुलाई ढाडस दिनुपर्ने अवस्थामा सरकारद्वारा जारी गरिएको न्युनतम साझा कायैक्रममा जनताको चुलो चौकासँग गासिएका ठूलो र गम्भिर समस्यामा प्रवेश नगरी सतही रुपमा बिना कुनै अध्ययन परामर्श विज्ञापन क्षेत्रलाई देशको आर्थिक अवस्था बिग्रनुको कारक तव्वको उपमा दिँदै समग्र विज्ञापन उद्योगलाई असर पर्ने गरि विगतको शाही शासनकालमा जस्तै विज्ञापनमा एकद्वार नीति लगाउने विषयमा नेपाल विज्ञापन संघको गम्भिर ध्यानाकर्ष भएको जनाएको जनाउँदै विरोध कार्यक्रमको घोषणा गरेको हो ।

    आनले आज बुधबार काठमाडौको रोयल बैंकेट, तिनकुने होटलमा विशेष कार्यक्रमको आयोजना गरि उक्त विषयमा गहन छलफल गरी आन्दोलनको रणनीति बनाउने जनाएको छ ।

    साथै, आनले नेपाल सरकारको कानुन अनुसार आधिकारिक रुपमा कम्पनी रजिस्टारको कार्यलय, घरेलु तथा साना उद्योगमा समेत दर्ताभई विज्ञापन एजेन्सीका रुपमा काम गरेका सम्पूर्ण एजेन्सीहरु एक भई आफ्नो हक अभिकार, अस्तित्वको रक्षा गर्न एक भई आन्दोलनमा सहभागि हुन आनले आह्वान गरेको छ । आनले यसअघि नै विज्ञप्ति जारी गर्दै उक्त सरकारी निर्णय प्रति आपत्ति जनाएको थियो ।

    प्रकाशित मिति :बैशाख २७, २०८० बुधवार - १२:२८:२९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको