Logo

बुधवार, कार्तिक १२ गते २०८३

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी, अन्यमा परामर्श जारी

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी, अन्यमा परामर्श जारी

जोईन खबर

१७, बैशाख २०८३
  • 379
    SHARES
  • राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी, अन्यमा परामर्श जारी

    १७ वैशाख काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेल ले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन्। सरकारको सिफारिसका आधारमा उनले सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्य का अनुसार संविधानको नेपालको संविधान धारा ११४ को उपधारा १ बमोजिम उक्त अध्यादेश जारी गरिएको हो।

    images


    सरकारले यसअघि संवैधानिक परिषद्, केही नेपाल ऐन, स्वास्थ्य विज्ञान प्रतिष्ठान, विश्वविद्यालय तथा सार्वजनिक पदाधिकारी पदमुक्तिसम्बन्धी अध्यादेशहरू पनि राष्ट्रपतिसमक्ष पठाएको थियो। ती अध्यादेशहरूबारे भने राष्ट्रपति पौडेलले संविधानविद्हरूसँग परामर्श गरिरहेको जनाइएको छ।

    images
    images
    images

    राष्ट्रपति कार्यालयका अनुसार बाँकी अध्यादेशहरूबारे आवश्यक कानुनी र संवैधानिक परामर्शपछि मात्रै निर्णय गरिनेछ। यसले हाल सरकारद्वारा अघि सारिएका विभिन्न नीतिगत तथा कानुनी सुधारका प्रस्तावहरू क्रमशः कार्यान्वयनतर्फ अघि बढ्ने संकेत दिएको छ।सरकारले सहकारी क्षेत्रको व्यवस्थापन, अनियमितता नियन्त्रण तथा संरचनागत सुधारलाई लक्षित गर्दै उक्त अध्यादेश ल्याएको बताइएको छ। अन्य अध्यादेशहरूको निर्णय भने परामर्श प्रक्रियापछि टुंगो लाग्नेछ।

    sahakari-3-scaled.jpg

    प्रकाशित मिति :बैशाख १७, २०८३ बिहिवार - १७:०८:०० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको