Logo

बुधवार, कार्तिक १२ गते २०८३

“घर भत्किएको पीडा सहन नसकी हिँडेका बल्खुका सुकुम्बासी नदीमा मृत फेला”

“घर भत्किएको पीडा सहन नसकी हिँडेका बल्खुका सुकुम्बासी नदीमा मृत फेला”

जोईन खबर

१८, बैशाख २०८३
  • 358
    SHARES
  • “घर भत्किएको पीडा सहन नसकी हिँडेका बल्खुका सुकुम्बासी नदीमा मृत फेला”

    १९ वैशाख काठमाडौँ,— काठमाडौँको बल्खु क्षेत्रका एक सुकुम्बासी पुरुष आज बिहान नदीमा मृत अवस्थामा फेला परेका छन्। स्थानीयका अनुसार, घर भत्काइएको पीडा सहन नसक्दै “यो दृश्य हेर्न सक्दिन” भन्दै हिँडेका उनी केही घण्टापछि मृत अवस्थामा भेटिएका हुन्।

    images

    स्थानीय बासिन्दाले बताएअनुसार, पछिल्ला दिनहरूमा भइरहेको डोजर अभियानले नदी किनारमा बसोबास गर्दै आएका सुकुम्बासीहरू विस्थापित भएका छन्। पीडित परिवारका सदस्यहरू भन्छन्, “नयाँ सरकारले केही गर्छ कि भनेर भोट दिएका थियौं, तर बस्ने ठाउँ त परै जाओस्, छोराछोरीलाई राख्ने ठाउँसमेत छैन।”

    images
    images
    images

    अहिले मौसम प्रतिकूल बन्दै गएको छ। लगातारको हावा, हुरी र वर्षाका कारण खुला आकाशमुनि बस्न बाध्य भएका परिवारहरूको अवस्था झन् दयनीय बनेको छ। मृतकसँग नजिक रहेका एक व्यक्तिले भावुक हुँदै भने, “न मर्न सकियो, न मार्न सकियो, मन भक्कानिन्छ‘ कहाँ जाने, के गर्ने भन्ने नै थाहा छैन।”

    घटनापछि स्थानीयमा आक्रोश र शोक फैलिएको छ। उनीहरूले वैकल्पिक आवासको व्यवस्था नगरी गरिएको घर भत्काउने कार्यप्रति आपत्ति जनाउँदै तत्काल राहत तथा पुनर्स्थापनाको माग गरेका छन्।

    प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ। मृतकको पहिचान खुलाउने तथा मृत्युको कारण पत्ता लगाउने प्रक्रिया अघि बढाइएको छ।यस घटनाले सुकुम्बासी व्यवस्थापन, मानवीय संवेदना र राज्यको जिम्मेवारीबारे पुनः गम्भीर प्रश्न खडा गरेको छ।

    प्रकाशित मिति :बैशाख १८, २०८३ शुक्रवार - २१:०४:१८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको