Logo

बुधवार, कार्तिक १२ गते २०८३

“लगत संकलनमा सरकारको तादरूकता सकारात्मक, तर अझै ढुक्क हुने अवस्था छैन”

“लगत संकलनमा सरकारको तादरूकता सकारात्मक, तर अझै ढुक्क हुने अवस्था छैन”

जोईन खबर

१८, बैशाख २०८३
  • 379
    SHARES
  • “लगत संकलनमा सरकारको तादरूकता सकारात्मक, तर अझै ढुक्क हुने अवस्था छैन”

    १९ वैशाख काठमाडौँ । गृह तथा संघीय मामिला मन्त्रालयले सुकुम्बासीहरूको लगत संकलन कार्यमा देखाएको सक्रियतालाई सरोकारवालाहरूले सकारात्मक रूपमा लिएका छन्। पछिल्लो समय मन्त्रालयले तथ्यांक संकलनलाई तीव्रता दिएपछि लामो समयदेखि प्रतिक्षामा रहेका सुकुम्बासीहरूमा केही आशा पलाएको छ।

    images

    तर, यो प्रयास मात्रै पर्याप्त नभएको उनीहरूको भनाइ छ। संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाका अध्यक्ष कुमार कार्कीका अनुसार, “लगत संकलनमा देखिएको तादरूकता राम्रो संकेत हो, तर यसै आधारमा ढुक्क हुने अवस्था भने अझै बनेको छैन।”

    images
    images
    images

    उनले विगतमा पनि पटक–पटक लगत संकलन गरिए पनि त्यसको आधारमा दीर्घकालीन समाधान ननिस्किएको स्मरण गराउँदै यसपटक कार्यान्वयन पक्षमा विशेष ध्यान दिनुपर्ने बताए। “सुकुम्बासीहरूको वास्तविक समस्या समाधानका लागि तथ्यांक संकलन मात्र होइन, त्यसपछि पुनर्स्थापना र व्यवस्थापनको स्पष्ट योजना आवश्यक छ,” उनले भने।

    सरोकारवालाहरूका अनुसार, सही र यथार्थपरक लगत संकलनले नीति निर्माणमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। तर, संकलित तथ्यांकको प्रयोग कसरी हुन्छ भन्ने विषय नै सबैभन्दा महत्वपूर्ण रहेको उनीहरूको जोड छ।

    मन्त्रालयले भने लगत संकलन कार्यलाई निष्पक्ष र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ। आगामी दिनमा संकलित विवरणको आधारमा आवश्यक नीति तथा कार्यक्रम ल्याउने तयारी भइरहेको जनाइएको छ। यस विषयले फेरि एकपटक सुकुम्बासी व्यवस्थापनमा सरकारको दीर्घकालीन योजना र कार्यान्वयन क्षमतामाथि प्रश्न उठाएको छ।

    प्रकाशित मिति :बैशाख १८, २०८३ शुक्रवार - २१:३२:१८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको