२० वैशाख काठमाडौँ ।गोरखा जिल्लास्थित द ओल्ड क्यापिटल माध्यमिक विद्यालय देशभरका हजारौँ माध्यमिक विद्यालयहरूमध्येबाट विभिन्न सूचकका आधारमा ‘उत्कृष्ट माध्यमिक विद्यालय (मावि’ घोषित हुँदै राष्ट्रिय शिक्षा सम्मान २०८३ प्राप्त गर्न सफल भएको छ।
शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्याएको मूल्याङ्कन गर्दै फोकस नेपालले उक्त विद्यालयलाई सम्मानित गरेको हो। शनिबार काठमाडौँस्थित नेपाल पुलिस क्लबमा आयोजित विशेष समारोहका बीच विद्यालयलाई राष्ट्रिय शिक्षा सम्मान प्रदान गरिएको थियो।
सम्मान कार्यक्रममा शिक्षा क्षेत्रसँग आबद्ध विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। विद्यालयले शैक्षिक उपलब्धि, विद्यार्थीको नतिजा, अतिरिक्त क्रियाकलाप, व्यवस्थापन क्षमता तथा समग्र शैक्षिक वातावरण सुधारमा उल्लेखनीय प्रगति हासिल गरेकाले यो सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।
विद्यालयका प्रधानाध्यापकले सम्मानले थप जिम्मेवारी बढाएको उल्लेख गर्दै आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्न प्रतिबद्ध रहेको बताए। उनले शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायको संयुक्त प्रयासले यस्तो उपलब्धि सम्भव भएको धारणा राखे।
यस सम्मानले गोरखा जिल्लाको शैक्षिक क्षेत्रलाई नयाँ उचाइमा पुर्याएको विश्वास लिइएको छ। साथै, अन्य विद्यालयहरूलाई पनि गुणस्तरीय शिक्षा प्रदान गर्न प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।