Logo

बुधवार, कार्तिक १२ गते २०८३

गोरखा बजारमा अनुमति बिना गेट निर्माण, भत्काउन सरोकारवालाको माग

गोरखा बजारमा अनुमति बिना गेट निर्माण, भत्काउन सरोकारवालाको माग

जोईन खबर

१९, बैशाख २०८३
  • 370
    SHARES
  • गोरखा बजारमा अनुमति बिना गेट निर्माण, भत्काउन सरोकारवालाको माग

    २० वैशाख काठमाडौँ । गोरखा बजार क्षेत्रमा कसले र किन यस्तो गेट निर्माण गर्यो भन्ने विषयमा अन्योल सिर्जना भएको छ। जिल्ला प्रशासन कार्यालय, गोरखा नगरपालिका तथा सम्बन्धित वडाबाट कुनै पनि अनुमति नलिई गेट बनाइएको भन्दै सरोकारवालाले आपत्ति जनाएका छन्।

    images

    स्थानीयका अनुसार बजारको मुख्य प्रवेश क्षेत्रमा हालै निर्माण गरिएको उक्त गेटबारे आधिकारिक निकायलाई जानकारी नै नभएको बताइएको छ। अनुमति बिना सार्वजनिक स्थानमा संरचना बनाइनु नियमविपरीत भएको भन्दै यसप्रति चासो र विरोध बढ्दो छ।

    images
    images
    images

    जिल्ला प्रशासन कार्यालय गोरखाले यस्तो कुनै संरचना निर्माणका लागि अनुमति नदिएको स्पष्ट पारेको छ। त्यस्तै, गोरखा नगरपालिकाका प्रतिनिधिहरूले पनि नगरपालिकाबाट स्वीकृति नलिइएको जानकारी दिएका छन्। सम्बन्धित वडाले समेत आफूहरूलाई जानकारी नभएको जनाएको छ।

    सरोकारवालाहरूले सार्वजनिक स्थानमा यसरी मनोमानी ढंगले संरचना बनाउँदा सुरक्षा, सौन्दर्य तथा आवागमनमा समस्या हुन सक्ने बताएका छन्। उनीहरूले तत्काल उक्त गेट हटाउन तथा यसबारे छानबिन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

    यस विषयमा निर्माणमा संलग्न पक्ष भने अझै सार्वजनिक रूपमा आएको छैन। गेट कसले र किन बनायो भन्ने विषय खुल्न बाँकी रहेकाले स्थानीय तह र प्रशासनलाई छानबिन गरी आवश्यक कदम चाल्न दबाब बढिरहेको छ।

    प्रकाशित मिति :बैशाख १९, २०८३ शनिवार - २२:३०:०६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको