Logo

बुधवार, कार्तिक १२ गते २०८३

स्थानीय तह निर्वाचन लक्षित रास्वपाको नयाँ मापदण्ड, उम्मेदवार बन्न ‘क्याण्डिडेट क्लब’ र ‘लिडरसीप एकेडमी’ अनिवार्य

स्थानीय तह निर्वाचन लक्षित रास्वपाको नयाँ मापदण्ड, उम्मेदवार बन्न ‘क्याण्डिडेट क्लब’ र ‘लिडरसीप एकेडमी’ अनिवार्य

जोईन खबर

२०, बैशाख २०८३
  • 379
    SHARES
  • स्थानीय तह निर्वाचन लक्षित रास्वपाको नयाँ मापदण्ड, उम्मेदवार बन्न ‘क्याण्डिडेट क्लब’ र ‘लिडरसीप एकेडमी’ अनिवार्य

    २० वैशाख काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया कडाइ गर्ने निर्णय गरेको छ। पार्टीको तर्फबाट उम्मेदवार हुन चाहने सदस्यहरूले ‘क्याण्डिडेट क्लब’ र ‘लिडरसीप एकेडमी’बाट अनिवार्य रूपमा उत्तीर्ण हुनुपर्ने नयाँ नियम लागू गरिएको छ।

    images

    आइतबार बसेको सचिवालय बैठकले योग्य, सक्षम र जिम्मेवार उम्मेदवार तयार पार्ने उद्देश्यसहित यस्तो सैद्धान्तिक तथा नीतिगत आधार तय गरेको हो। पार्टीले नेतृत्व विकास, सुशासनको समझ र जनप्रतिनिधिको भूमिकाबारे स्पष्ट ज्ञान भएका व्यक्तिलाई मात्रै उम्मेदवार बनाउने रणनीति लिएको जनाएको छ।

    images
    images
    images

    पार्टीका नेताहरूका अनुसार ‘क्याण्डिडेट क्लब’ र ‘लिडरसीप एकेडमी’मार्फत उम्मेदवारलाई नीतिगत ज्ञान, प्रशासनिक क्षमता, सार्वजनिक उत्तरदायित्व र नैतिकताको प्रशिक्षण दिइनेछ। यसबाट स्थानीय तहमा सक्षम नेतृत्व स्थापना गर्ने लक्ष्य राखिएको छ।

    रास्वपाले पछिल्लो समय पार्टी संरचना सुदृढीकरण र आन्तरिक प्रणाली व्यवस्थित गर्न विभिन्न सुधारात्मक कदमहरू अघि बढाउँदै आएको छ। नयाँ मापदण्डलाई पार्टीभित्र अनुशासन र प्रतिस्पर्धात्मक क्षमताको विकासका रूपमा हेरिएको छ।

    यस निर्णयसँगै अब रास्वपाबाट उम्मेदवार बन्न इच्छुक सदस्यहरूले औपचारिक प्रशिक्षण र मूल्यांकन प्रक्रिया पार गर्नुपर्नेछ। पार्टीले यसलाई दीर्घकालीन रूपमा सक्षम नेतृत्व उत्पादन गर्ने महत्वपूर्ण कदमका रूपमा व्याख्या गरेको छ।

    प्रकाशित मिति :बैशाख २०, २०८३ आइतवार - २१:४१:१८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको