Logo

बुधवार, कार्तिक १२ गते २०८३

सुकुम्बासी बालबालिकाका लागि निजी विद्यालयको पहल: निःशुल्क शिक्षादेखि आवास र यातायातसम्म सहयोग

सुकुम्बासी बालबालिकाका लागि निजी विद्यालयको पहल: निःशुल्क शिक्षादेखि आवास र यातायातसम्म सहयोग

जोईन खबर

२०, बैशाख २०८३
  • 556
    SHARES
  • सुकुम्बासी बालबालिकाका लागि निजी विद्यालयको पहल: निःशुल्क शिक्षादेखि आवास र यातायातसम्म सहयोग

    २० वैशाख काठमाडौं । सुकुम्बासी परिवारका बालबालिकाको शिक्षामा अवरोध हुन नदिन निजी विद्यालयहरूले महत्वपूर्ण पहल अघि बढाएका छन्। नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा रहेका बस्ती हटाउने सरकारी अभियानबाट प्रभावित बालबालिकालाई निजी विद्यालयले निःशुल्क पढाउने निर्णय गरेका हुन्।

    images

    आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै Private and Boarding Schools' Organization Nepal (प्याब्सन), National PABSON (नेसनल प्याब्सन), Higher Secondary Schools' Association Nepal (हिसान) र Association of Private Educational Institutions Nepal (एपेन) ले प्रभावित समुदायका बालबालिकाको शिक्षा निरन्तरता सुनिश्चित गर्न सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।

    images
    images
    images

    विज्ञप्तिमा नदी किनार तथा अन्य जोखिमयुक्त स्थानमा रहेका बस्ती हटाउने कार्य तीव्र गतिमा अघि बढाइएकाले बालबालिकाको पठनपाठनमा असर पर्न सक्ने उल्लेख गरिएको छ। यस्तो अवस्थामा बालबालिकाको आधारभूत शिक्षाको मौलिक अधिकार सुनिश्चित गर्नु राज्य, समाज र शैक्षिक क्षेत्रको साझा दायित्व भएको संगठनहरूले बताएका छन्।

    संगठनहरूले स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गरी वास्तविक सुकुम्बासी परिवारका बालबालिकाको शिक्षा निरन्तरताका लागि आवश्यक सहयोग र सहजीकरण गर्न तयार रहेको जनाएका छन्। प्रभावित बालबालिकालाई निजी विद्यालयमा निःशुल्क अध्ययनको अवसर उपलब्ध गराउने, आवश्यकताअनुसार आवास तथा यातायात व्यवस्थापनमा समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

    नेपाल सरकार, स्थानीय तह, शैक्षिक संस्था र समुदायबीच समन्वय र सहकार्य भए प्रतिकूल परिस्थितिमा पनि अनुकूल वातावरण सिर्जना गर्न सकिने विश्वास संगठनहरूले व्यक्त गरेका छन्। साथै, सबै सरोकारवालालाई मानवीय र जिम्मेवार पहलमा एकजुट हुन आह्वान गरिएको छ।संयुक्त विज्ञप्तिमा बद्री प्रसाद बाँस्तोला, सुवास न्यौपाने, युवराज शर्मा र कृष्ण प्रसाद अधिकारीको हस्ताक्षर रहेको छ।

     
     

    प्रकाशित मिति :बैशाख २०, २०८३ आइतवार - २१:४७:४५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको