Logo

बुधवार, कार्तिक १२ गते २०८३

सोमबार देशभर बदली र वर्षाको सम्भावना, केही स्थानमा चट्याङसहित भारी वर्षा हुने

सोमबार देशभर बदली र वर्षाको सम्भावना, केही स्थानमा चट्याङसहित भारी वर्षा हुने

जोईन खबर

२०, बैशाख २०८३
  • 340
    SHARES
  • सोमबार देशभर बदली र वर्षाको सम्भावना, केही स्थानमा चट्याङसहित भारी वर्षा हुने

    २० वैशाख काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार देशभर साधारणतया बदली रहनेछ। मौसममा आएको सक्रिय प्रणालीका कारण विभिन्न प्रदेशमा मेघगर्जन, चट्याङ, हावाहुरी तथा असिनासहित वर्षा हुने सम्भावना रहेको छ।

    images

    विभागका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशका हिमाली तथा पहाडी भू-भागका केही स्थानहरूमा मध्यम वर्षा हुने अनुमान गरिएको छ। साथै, बाँकी तराई भू-भागका एक–दुई स्थानमा पनि चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने बताइएको छ।

    images
    images
    images

    विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। त्यस्तै, लुम्बिनी प्रदेशका केही स्थानमा पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

    सोमबार राति पनि देशभर आंशिकदेखि सामान्य बदली कायम रहनेछ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरी तथा असिनासहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ। अन्य प्रदेशका थोरै स्थानहरूमा पनि यस्तो गतिविधि देखिन सक्ने विभागले जनाएको छ।

    विभागले सम्भावित चट्याङ, हावाहुरी तथा भारी वर्षाका कारण दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

    प्रकाशित मिति :बैशाख २०, २०८३ आइतवार - २२:१८:४४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको